लुदअ कपिलवस्तु, असार ६
बपिलवस्तुको वाणगंगा नगरपालिकाले आ.व. ०७७ र ०७८ सालको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको सातौं नगर सभाको पहिलो बैठकले सर्वसम्मत रुपमा ११८ बुँदे नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, रोजगारी र पशुपालनलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ । नीति तथा कार्यक्रममा समावेश गरिए पनि कार्यान्वयनको पक्ष फितलो हुने गरेको भन्दै यसमा सचेत बन्न नगरसभा सदस्यहरुले सुझाव दिएका थिए ।
सभामा नगर सभा सदस्यले उठाएका प्रश्नको जवाफ दिदै नगर उप(प्रमुख चक्रपाणी अर्यालले सबैको भावनालाई समेट्ने आश्वासन दिनुभएको थियो । आगामी १० गते नगरपालिकाले आज पारित गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट ल्याउने तयारी गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।
बैरियामा अवस्थित मायादेवी रिसोर्टको सभाहलमा भएको सातौं नगर सभामा नगर उपप्रमुख अर्यालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रम झण्डै सवा तीन घण्टा छलफल पश्चात पारित भएको जनाइएको छ । कार्यक्रममा नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता रहेको थियो ।