कपिलवस्तुको वाणगंगा ७ मा सौर्य उर्जा

ByLumbini Darpan Online

७ असार २०७७, आईतवार ०२:४० ७ असार २०७७, आईतवार ०२:४० ७ असार २०७७, आईतवार ०२:४०

लुदअ कपिलवस्तु, असार ७
कपिलवस्तुको वाणगंगा नगरपालीका भित्र सौर्य उर्जा परियोजना संचालनका लागि विस्तृत अध्ययन्हुने भएको छ । नगरको वडा नं ७ को कोईली नदिपुलको पश्चिम क्षेत्र खारखानीमा सौर्य उर्जा परियोजना संचालन हुने भएको हो । परियोजनाको सर्वेक्षणका लागि यस अघि २ पटक अध्ययन् टोली आई कार्य गरेको वडा अध्यक्ष विष्णु गिरीले वताए । वडा कार्यालय संगको सहकार्यमा अध्ययन टोलीले काम गरेको उनले बताए । लगानी वोर्डले उक्त क्षेत्रमा काम गर्नको लागि तथा विस्तृत रुपमा अध्ययन् गर्नको लागि सिंगापुरको एक कम्पनीलाई सर्वेक्षणको लागि अनुमती प्रदान गरेको छ । वाणगङ्गा नगरभित्र २० मेगावाट स्टोरेज सहित १२५ मेगावाटको दुई छुट्टा छुट्टै परियोजना संचालन हुने भएको हो ।

लागानी बोर्डको शुक्रबारको बैठकले ५ वटा हाइड्रोपावर र २ वटा सिमेन्ट उद्योगको लगानी स्वीकृत गरेको छ भने कपिलवस्तुको वाणगंगा र बाँकेको कोहल्पुरमा सञ्चालन हुने २० मेगावाटको स्टोरेज क्षमतासहित १२५ मेगावाटको सौर्य उर्जा परियोजनामा सञ्चालन गर्नेगरी सर्भेक्षण र अध्ययन गर्न सिङ्गापुरको कम्पनीलाई जिम्मा दिने निर्णय समेत गरेको छ ।

सो बैठकले हाइड्रो र सिमेण्ट उद्योग तर्फको १ खर्ब ८५ अर्ब ४३ करोडका ७ वटा आयोजनाको लगानी स्वीकृत गरेको लगानी बोर्डको सचिवालयले जनाएको छ । कुल लगानी रकममध्ये १ खर्ब ३७ अर्ब ५३ करोड रुपैंया बराबर लगानी हाइड्रोपावरमा तथा बाँकी ४७ अर्ब ५५ करोड रुपैयाँ बराबरको लगानी सिमेन्ट उद्योगको लागि स्वीकृत गरिएको हो । सिमेन्टतर्फ दाङ सिमेन्ट परियोजनाका लागि ३२ अर्ब ५० करोड तथा सम्राट सिमेन्टका लागि १५ अर्ब ५ करोड रुपैयाँको लगानी स्वीकृत गरिएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *