थानेश्वर अधिकारी ,कपिलवस्तु ।
कोरोना भाइरस ( कोभिड १९) को संक्रमण बढ्दै गैरहेको बेला आइतबार युएनएफपिएको सहयोग र सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा रुकुमपुर्वमा रहेको हिंसामा परेका महिलाहरुका लागी संचालित सुरक्षित आवास गृहको निर्देशन तथा समन्वय समितिका लागी निर्देशिका सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालको अध्यक्षता प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालको प्रमुख आथित्यतमा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको सो कार्यक्रमको सहजीकरण सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष तथा सल्लाहकार पोम नारायण पौडेलले गरेका थिए । सोही अवसरमा सुरक्षित आवास गृह सवलिकरणका लागी डिस होम जडान सहित टि.भी. र ल्यापटप हस्तान्तरण गरिएको कार्यक्रम संयोजक जियाउल हकले बताएका छन् ।
रुकुम पुर्व जिल्लाको सिस्ने गाउँपालिकामा क्वारेन्टाइनमा रहेका महिलाहरुका लागी मर्यादा किट सामाग्री हस्तान्तरण गरिएको छ । गाउँपािलका अध्यक्ष कुमारी बराल , उपाध्यक्ष गोवर्धन बुढा लगायतको उपस्थितिमा सो सामाग्री हस्तान्तरण गरिएको छ यो सँगै जिल्लामा अहिले सम्म ८३ डिग्निटी किट २२ किशोरी किट हस्तान्तरण गरिएको संयोजक हकले बताएका छन् ।
क्वारेन्टाइनमा रहेका महिलाको स्वास्थ सम्बन्धि जोखिम न्युनिकरण गर्न तथा व्यक्तिगत सरसफाइमा सहज पुर्याउन सो सामाग्री हस्तान्तर गरिएको हो । मर्यादा किट भित्र म्याक्सी,चोलो, पछ्यौरा, पेटीकोट, ब्रस, टुटपेष्ट, काइयो,गम्छा, साडी, महिनाबारी स्वच्छताका लागी सेनीटरी प्याड,साबुन, नेलकटर, टर्च लाइट लगायतका सामाग्री रहेका छन् ।