हेल्प फर ह्याप्पिनेस कपिलवस्तु गठन, जिल्ला अध्यक्षमा निर्मल शर्मा चयन

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, असार ८
हेल्प फर ह्याप्पिनेस (Help for Happiness) कपिलवस्तु शाखाको जिल्ला अध्यक्षमा निर्मल शर्मा नियुक्त भएका छन । संस्थाको पहिलो बैठकले युवाहरुको क्षेत्रबाट सामाजिक कार्यमा निरन्तर लागिपरेका शर्मालाई सर्वसम्मत रुपमा जिल्ला अध्यक्षमा नियुक्त गरिएको बताईएको छ । विशेष गरी समाजमा रहेका साहाराविहिन नागरिकहरुको साहारा बनी उनीहरुको अनुहारमा खुसी ल्याउने उद्देश्यका साथ युवाहरुको सक्रियतामा समिति गठन गरिएको हो ।

नव गठित समितिको उपाध्यक्षमा प्रतिमा सेन र मधुसुदन भुसाल, सचिवमा सुशान्त पोख्रेल, सह–सचिवमा विशाल अधिकारी, कोषाध्यक्षमा बिवेक पौडेल चयन भएका छन भने सदस्यहरुमा जनक क्षेत्री, प्रतीक्षा भण्डारी र समीर कडेंल गरी चयन भएका छन ।

बैठकमा अध्यक्ष शर्माले संस्थाको विधान अनुसार काम गर्दै उत्कृष्ट संस्थाको रुपमा परिचित गराई सामाजिक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।


प्रकाशित : २०७७ असार ८, सोमबार १६:१५