
लुदअ कपिलवस्तु, असार ९
पानीमा डुवेर कपिलवस्तुमा दुई र दाङमा एक सहित तीन जनाको मृत्यु भएको छ । कपिलवस्तुमा पानीमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका २ बर्गदवा बस्ने उमेश थारु चौधरीको छोरी अन्दाजी ७ वर्षीया बालिका माया थारुचौधरीको आइतवार पानीमा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ । बिहान घर देखि बेपत्ता भएकी बालिकाको खोजतलास गर्दा घर देखि १०० मिटर उत्तरतर्फ रहेको आफ्नै माछा पोखरीको छेउमा पानीमा डुबि मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ ।
कपिलवस्तु नगरपालिका ३ करमपुरमा पनि एक बालकको पानीमा डुवेर मृत्यु भएको छ । सोही ठाउँका जयकरण केवटको छोरा ५ वर्षीय बालक आइतवार बेलुकी आफ्नै घरदेखि पूर्वतर्फ रहेको खेतको खाल्टोमा डुवेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

