करेन्ट लागेर अर्घाखाँचीका एक युवकको कपिलवस्तुमा मृत्यु

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, असार ९
करेन्ट लागेर कपिलवस्तुको बुद्धभूमिमा एक युवकको मृत्यु भएको छ । सोमबार दिउसो ३ बजेर २० मिनेट जाँदा रुखमा घाँस काट्ने क्रममा एक्कासी करेन्ट लागेर अर्घाखाँची स्थायी घर भएका बर्ष २७ का नवराज भुषालको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक भूषालले रुखको घाँस झार्दा डालो पूर्वपश्चिम राजमार्गमा रहेको थ्रीफेजको हाइटेन्सनमा खसेको र त्यसपछि रुखमा करेन्ट आइ त्यही मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय गोरुसिंगेका इन्सपेक्टर कृष्ण रानाले बताउनु भयो ।

मृतक भूषालको स्थायी घर अर्घाखाँचीको भूमिकास्थान २ मा रहेको र ३ बर्षदेखि चौवन्नपुर बसोबास गर्दै आएको इलाका प्रहरी कार्यालय गोरुसिंगेले जानकारी दिएको छ ।


प्रकाशित : २०७७ असार ९, मंगलवार ०१:२२