लुदअ कपिलवस्तु, असार १०
कपिलवस्तुमा घरको छतबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ । सोमबार जाहिद खानको घरमा काम गर्ने शिवराज न.पा.६ खैरि बस्ने बर्ष ३८ को दिपु लोहार अचानक ३ तले घरको १ तला छतबाट आफै हामफाली घाईते भएका थिए । घाइते भएका लोहारको स्थानिय मेडिकलमा उपचार सम्भव नभएपछि थप उपचारको लागी बुटवल रिफर गरेको थियो ।
प्रादेशिक अस्पताल बुटवलमा उपचार क्रममा उनको राति नै ज्यान गएको अस्पताल स्रोतले जनाएको छ । हामफाल्नुको कारण नखुलेको र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट थप अनुसन्धान भई रहेको प्रहरी कार्यालयले जनाएको छ ।