लुदस कपिलवस्तु
कपिलवस्तुको बुद्धभुमि १ विरपुरका युवा भारतिय सेनामा अवकास पछि गाँउमा आएर समाज सेवामा तल्लिन भएका छन् ।
कोरोना भाईरसको महामारी भएसंगै उनि समाजसेवामा समर्पित भएका हुन् ।
गाँउमा भएका समस्या र विपन्न का भगवानका रुपमा उनलाई दु.खि विपन्न परिवारले साहरा पाएका छन् ।
भारतिय सेनाको अवकासपछी गाउँमा समाज सेवामा प्रकास
भारतिय सेनामा नायव सुवेदारबाट अवकास प्राप्त गरेर उनी विपन्न परिवार र गाँउ विकासका क्षेत्रमा लागेका हुन् । कोरोना का समयमा विपन्न परिवारमा चुल्लो जल्ने स्थिती नभएपछी उनले गाउँका अति विपन्न १ सय १७ घर परिवारलाई राहत समेत बाँडेका छन् ।
त्यतिमात्र होईन उनले हाल झुपडीमा बाचेका मनहरुको महल बनाउने कार्यमा तिब्र गतिमा लागेका छन् । त्यो पनि निजि लगानीमा विरपुर क्षेत्रमा हाल २ घर निर्माण गरि अभियानको सुरुवात गरेका हुन ।
उनिहुन विरपुरका प्रकास थापा ४१ वर्षिया युवाले अहिले गाउँमा भएका विकृति विसंगति र विकासमा चासो दिन थालेपछी स्थानिहरु समेत दंग परेका छन् ।
हाल त्यस क्षेत्रका युवाहरु उनिसंगै हालेमालो गरेर सहकार्य गर्न थालेका हुन् । स्थानिय दलित परिवारका तुलबहादुर वि.क र छविलाल कामीको घर खरको छनोमुक्त गर्न सफल भएका हुन् । बुद्धभुमि नगरपालिकाले जस्तापाता उपलब्ध गराएपनी ति विपन्न परिवारले घर बनाउने स्थिति नरहेको र प्रकासको प्रयासले घर निर्माण भएको स्थानिय पशुपति अर्यालले बताए ।