छोटो समयमै हेल्प फर ह्याप्पिनेस कपिलवस्तुको उदाहरणिय कार्य, सुधार केन्द्रलाई पंखा वितरण

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, असार १०
समाजमा रहेका साहाराविहिन नागरिकहरुको साहारा बन्ने उद्देश्यले गठन गरिएको हेल्प फर ह्याप्पिनेस (Help for Happiness) कपिलवस्तु शाखाले स्थापनाको छोटो अवधिमा उदाहरणिय कार्य गरेको छ । विशेष गरि लागु औषध, लागु पदार्थ दुव्र्यसनीमा लागेका नागरिकहरुलाई सुधार गर्ने स्थानमा शाखाको नजर परेको छ । कपिलवस्तुको वाणगंगा १ वैरियामा रहेको राजेश आस्था फाउण्डेसन (सुधार केन्द्र) लाई बढदो गर्मीमा पंखा प्रदान गरेको छ ।

विभिन्न कुलतमा फसेका व्यक्तिहरुलाई सहि बाटोमा ल्याउन अहम भुमिका खेल्ने सुधार केन्द्रलाई ५ वटा पंखा हस्तान्त्रण गरिएको शाखाका जिल्ला अध्यक्ष निर्मल शर्माले जानकारी दिएका छन । शाखाले विद्युतीय सामग्री हस्तान्त्रण कार्यक्रमको आयोजना गरि उक्त पंखा प्रदान गरिएको शाखाले जनाएको छ ।

प्रमुख अतिथी शक्ति सिंह ठुकुरिले युवा पुस्ताले समाजमा केही गर्ने उद्देश्यका स्थापना गरेको यस संस्था प्रति आफ्नो पुर्ण रुपमा साथ र सहयोग रहेको बताए । स्थापना भएको ३ दिनमा यति राम्रो कार्य गरेकोमा संस्था प्रती धेरै धेरै धन्यवाद दिदै अगामी दिनहरुमा पनि यसरी नै अगाडि बढ्दै र आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउदै नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।

फाउन्डेसनका अध्यक्ष किरण सिंह ठकुरीले गठन भएको ३ दिनमा यति उदाहरणिय काम गरेको र भोलीका दिनमा अफुले गर्न सक्ने सहयोग गर्ने भन्दै समितिलाइ बधाइ दिए । त्यस्तै चन्द्रकान्त पोख्रेलले आगामी दिनहरुमा साथ र सहयोग गरिरहने बताए ।

संस्थाका जिल्ला अध्यक्ष निर्मल शर्माले कार्यक्रममा निमन्त्रणा स्विकार गर्दै उपस्थित सम्पुर्ण अतिथी लगायत सम्पूर्णलाई धन्यवाद दिंदै र विषेश सहयोग गरि दिनुभएकोमा कृष्ण प्रसाद पराजुली र तिलक थापालाई विशेष धन्यवाद दिए । अध्यक्ष शर्माले कुनै पनि पुर्वाग्राही नराखि राजनितिक आस्था विना विशुद्ध सामाजिक कार्यमा संस्थालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै यो कार्य सबैको साथ र सहयोगमा मात्र सफल हुने दावी गरे ।

संस्थाका जिल्ला अध्यक्ष निर्मल शर्माको अध्यक्षता, समाजसेवी शक्ति सिंह ठकुरीको प्रमुख आतिथ्यता, सुधार केन्द्रका अध्यक्ष किरन सिं ठकुरी, चन्द्रकान्त पोख्रेल, तिलक थापा र कृष्ण पराजुलीको विशिष्ट आतिथ्यता, संस्थाका पदाकिारी तथा सदस्यहरुको उपस्थिती, सह सचिव विशाल अधिकारीको स्वागत मन्तब्य तथा सचिव सुशान्त पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०७७ असार १०, बुधबार १४:३७