वाणगंगा १ द्धारा अपांगता भएका व्यक्तिलाई ह्वील चियर वितरण

ByLumbini Darpan Online

११ असार २०७७, बिहीबार ०३:३४ ११ असार २०७७, बिहीबार ०३:३४ ११ असार २०७७, बिहीबार ०३:३४

लुदअ कपिलबस्तु, असार ११
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ ले अपाङ्गता भएका तीन जना व्यक्तिलाई ह्वील चियर वितरण गरेको छ ।
वडाको लक्षित कार्यक्रम अन्तरगत वडा भित्रका अति प्राथमिकतामा परेका ३ जना ब्यक्तीलाई ह्वील चियर वितरण गरिएको वडा अध्यक्ष बालकुमारी पन्थ अधिकारीले बताईन ।

बैरियामा रहेको दुर्गा मन्दिरमा आयोजित ह्वील चियर वितरण कार्यक्रममा वडा स्तरीय अपाङ्गता समिति, टोल विकास संस्था, उपभोक्ता, लाभान्वित व्यक्तिको सहभागीता रहेको थियो । वडामा अपाङ्गता भएका व्यक्तिको संख्या धेरै भएपनि ५० हजार बजेटबाट ३ जनालाई ह्वील चियर र एक जनालाई स्टीक सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाले विगतका वर्षदेखि नै अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । वडाले आगामी आर्थिक वर्षमा समेत अपाङ्गताको क्षेत्रमा कार्यक्रम समावेश गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *