लुम्बिनी लर्निङ् सेन्टर प्रा.लिले अनलाईन कक्षा सञ्चालन गर्दै

लुदअ कपिलवस्तु, असार १२
उत्कृष्ट नतिजा ल्याई जिल्लामै सर्वोत्कृष्ट शैक्षिक संस्था लुम्बिनी लर्निङ सेन्टर प्रा.लिले अनलाईन कक्षा सञ्चालन गर्ने भएको छ ।

विभिन्न भाषा, कम्प्युटर तथा ट्युसन कक्षा सञ्चालनमा उत्कृष्ट सावित कपिलवस्तुको चार नम्बर जितपुरमा रहेको सेन्टरले विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै अनलाईन कक्षा सञ्चालन गर्ने सेन्टरका प्रबन्धक असीम कंडेल क्षेत्रीले बताएका छन् । कंडेलले कोरोना महामारीका कारण लकडाउनले गर्दा अध्ययन गर्नबाट बञ्चित विद्यार्थीहरुको समस्या र मागलाई मध्यनजर गरी ब्रिज कोर्ष तथा ईन्ट्रान्स तयारीका अनलाईन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

एस.ई.ई पछि अध्ययन गरिने विभिन्न विधाका ब्रिज कोर्ष पढ्न नपाउदा यतिबेला विद्यार्थीहरु चिन्तित अवस्थामा छन् सोहि समस्यालाई मध्यनजर गरी लुम्बिनी लर्निङ् सेन्टरले अनलाईन कक्षा सञ्चालन गर्ने भएपछि विद्यार्थीहरु खुसी भएका छन् । काठमाण्डौ तथा बुटवलका बिषय विज्ञ शिक्षकहरुद्धारा कक्षा सञ्चालन गरिने भएकाले विद्यार्थीहरुलाई जोडिन सेन्टरले आग्रह गरेको छ ।

विगतका बर्षहरुमा लुम्बिनी लर्निङ् सेन्टर प्रा.लिमा अध्ययन गरि काठमाण्डौ बुटवलका चर्चित कलेजहरुमा शत प्रतिशत छात्रवृत्तिमा अध्यापन गराउन सफल भएको थियो ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *