लुदअ कपिलवस्तु, १३ असार
जिल्ला मै कारोनाको राजधानी बनेको यशोधरा गाउपालिका र महाराजगंज नगरपालिका कोरोना मुक्त भएका छन । जिल्लामा सबै भन्दा बढी यशोधरामा १ सय ६८ जना तथा दोश्रोमा रहेको महाराजगंज नगरपालिकामा भेटिएका १ सय २२ संक्रमणबाट निको भए पछि दुई पालिका कोरोनामुक्त भएको भएका हुन । बैशाखको अन्तिम साताबाट यशोधरामा एकै पटक १२ जना संक्रमित भेटिएका थिए । त्यस यता असार पहिलो साता सम्म नै संक्रमित थपिदै गएका थिए । सरकारले नया निर्देशिका जारी गर्दै आईसोलेनमा १४ दिन बसे पनि लक्षण् नदेखे पछि घर फर्काउने नियम बनाए पछि गाउपालिका कोरोनामुक्त बनेको हो ।
जेठ २५ पछि सोही आधारमा धमाधम संक्रमितलाई पिसिआर टेस्ट बिना घर पठाईएको छ । अहिले यशोधरामा सबै संक्रमितहरु घर फर्किसकेको पालिका प्रमुख गिरीजेश कुमार पाण्डेयले बताए । ढेड महिना पछि आफनो पालिका कोरोनामुक्त बनेको प्रमुख पाण्डेयले बताए । १ हजार ४५ जनाको पिसिआर परिक्षण् भएको गाउपाकिलाका स्वास्थ्य संयोजक ज्योति कुमार दुबेले बताए । किटको अभाव भए पछि गाउपालिकाले आफै १२ सय भिटिएम किट किनेर स्वाब संकलन गरेका थियो । संक्रमति सबै भारतबाट फर्केर क्वारेन्टीनमा बसेका थिए । स्बाव संकलन गर्न समेत बाकी नरहेको र सबैको रिपार्ट आईसकेको दुबेले बताए ।
११ सय १६ जनाको आरटीडी टेस्ट गरिएकोमा १ सय ३५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । उता पिसिआर परिक्ष्ण बिना संक्रमितलाई घर जान दिईएकोमा गाउँमा त्रास बढेको छ । एक हप्ता होम क्वारेन्टाईनमा बस्ने गरी घर पठाईए पनि निस्फिक्री हिडने गरेको गाउलेहरु बताउछन । उता दोश्रो बढी संक्रमित भेटिएको महाराजगंज नगरपालिका समेत कोरोनामुक्त भएको छ । १ सय २२ जना संक्रमित भेटिएको महाराजगंजमा अहिले सबै जना कोरोनामुक्त भएर घर फर्कि सकेका छन । ९ सय २४ जनाको स्वाब संकलन गरिएकोमा सबैको रिपार्ट आईसकेको छ । मेयर अब्दुल कलाम खाले सरकारी नियम अनुसार आफुहरुले संक्रमितहरुलाई आईसोलेशनमा १४ दिन राखेर स्वास्थ्यकर्मीको सल्लाह अनुसर घर पठाएको बताए ।
जिल्लामा ७ सय २९ संक्रमित भेटिएका छन । त्यस मध्ये ५ सय ९२ जना निको भई घर फेर्केका छन । १ सय ३६ जना मात्र आईसोलेशनमा उपचाररत छन ।
बाणगंगामा ३४, बिजयनगरमा १७, बुद्ध्भुमीमा ५, कपिलवस्तु नगरपालिकामा २३, कृष्णगनरमा एक, मायादेबीमा ३६, शिवराजमा १८, सुद्धोदना दुई जना मात्र संक्रमित छन । ७ हजार ९१२ जना मध्ये २ सय ३१ जनाको मात्र पिसिआर रिपोर्ट आउन बाकी रहकेो जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । क्वारेनटाइनमा ३ सय ८८ जना छन् ।