कपिलवस्तुमा थपिए २१ जना कोरोना संक्रमित : संक्रमित ७ सय २९ पुगे, ५ सय ९२ जना निको

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, असार १४
कपिलवस्तुमा शनिबार थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका चार स्थानीय तहका क्वारेनटाइनमा रहेका २१ जनामा संक्रमण पुष्टि भएको हो । जसमा सबैभन्दा बढी वाणगंगा नगरपालिकाका १० जनामा संक्रमण देखिएको छ ।

नगरपालिकाको वडा नं. ९ का ७ जना, वडा नं. ८ का २ जनावडा नं. ६ का १ जना, रहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस्तै जिल्लाको विजयनगर गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी शिवराज नगरपालिकाका २ जना र शुद्धोधन गाउँपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

शनिबार साँझसम्म जिल्लामा ७ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ सय ९२ जना निको भएर घर फर्किएका छन् ।


प्रकाशित : २०७७ असार १४, आईतवार ०१:४६