
हरि आचार्य, कपिलवस्तु
ब्याज र किस्ता छुट गर्न माग गर्दै कपिलवस्तु उद्योग बाणिज्य संघले बैंकर्स क्लव बाणगंगा मार्फत सरकारलाई प्रेस बिज्ञप्ती पेश गरेको छ । कोरोना महामारीका कारण लकडाउनको अवस्थामा व्यबसाय सञ्चालन गर्न नपाउँदा सरकारलाई ब्याज र किस्ता तिर्न नसकेको भन्द प्रेस विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गराएको हो । संघले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीबाट सम्पूर्ण उद्योग, व्यापार तथा व्यावसाय लगायत सम्पूर्ण शैक्षिक संस्था एवं सरकारी कार्यालयहरु समेत करिब ३ महिना देखि लकडाउनको नाममा बन्द रहेको जानकारी गराउदै सरकारलाई ब्याज र किस्तामा छुटको माग गरेको हो ।
विज्ञप्तिमा यस समयमा नेपाल सरकारले लकडानउनको विचमा आएको आ.व.२०७७/७८को बजेट भाषणमा समेत उद्योगी,व्यवसायीहरुको सुझाव तथा सल्लाहलाई कुल्चीइ राहतका व्याकेज ल्याउनुको सट्टा उल्टै कर असुल्ने र निरुत्साहित बनाउने बाहेक अन्य केही हुन सकेको छैन । विश्व कोभिड १९ बाट आक्रान्त रहदै संक्रमण जति फैलिदै जादा लकडाउन पनि लम्बिदै गइरहको त्यसबाट उद्योगी, व्यापारी, व्यवसायीलाई धनजनबाट आक्रान्त रहदै आएको समयमा बन्दाबन्दी कति रहने र अर्थतन्त्रले कति क्षति व्यहोर्नु पर्नेहो त्यसको अहिले कुनै अनुमान गर्न सकिने अवस्था छैन ।
यसै परिस्थितीलाई मध्य नजर गर्दै यस कपिलवस्तु उद्योग वाणिज्य संघको बैठक बसी नियर्ण गर्दा तपशिलमा उल्लेखित बमोजिमका मागहरुलाई सम्बोधन गर्ने गरी यस उद्योग वाणिज्य संघको क्षेत्र अधिकार भित्र पर्ने सम्पुर्ण वित्तिय संस्थाहरु मार्फत नेपाल सरकारसंग जोडदार माग गदछौँ भनिएको छ ।
माग सम्बोधन नभएको खण्डमा यहि असार १६ गते बुधवार सांकेतिक विरोध स्वरुप हरेका शाखामा सिठ्ठी जुलुस २१ गते ताला बन्दी तब सम्म पनि माग सुनुवाइ नभएको खण्डमा थप संघर्षका कार्यक्रम घोषणा गरी अगाडी बढ्ने संघले चेततावनी समेत दिएको छ । संघका अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, निवर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराई, संघर्ष समितिका संयोजक तथा संघका उपाध्यक्ष छवि रेश्मी मगर लगायतको टोलिले बैंकर्स क्लव बाणगंगा क्लवका अध्यक्ष अनुराग पाण्डेलाई विज्ञप्ति बुझाएको हो ।
विज्ञप्तिमा उल्लेखित माग निम्नानुसार छन्
१. ३ महिना देखिको बन्दा बन्दीको कारण आर्थिक गतिविधिहरु शून्यप्रायः स्थितीमा रहेको हुदा व्यवसायीहरुले लकडाउन अवधिभरको बैँकको सावा ब्याज किस्ता पेनाल ब्याज रकम यो समय लाई शून्य समय मानि पूर्ण रुपमा छुट दिनको लागि जोडदार माग गर्दछौ ।
२. चैत्रमासमा बुझाएको र काटेको सबै शीर्षकको ब्याजमा १० % छुट हुनु पर्ने ।
३. व्यवसाय संचालनको पौष मसान्त सम्म नियमित कर्जावालाहरुको आफ्नो आवश्यकताका आधारमा बिना थप धितो हाल भैरहेको सबै कर्जा सिमामा २०% सम्म सरल र सहज रुपले सबै शाखाबाट समेत स्वीकृती दिन सक्ने गरी कम व्याज दरमा एक पटकका लागि १२० दिनका लागि थप कर्जा दिनु पर्ने ।
४. कृषि तथा साना उद्योगी र व्यवसायीहरुले समेत पाउने गरी ५% ब्याज दरमा पुनरकर्जाको व्यवस्था हुनुपर्ने ।
५. बन्द भएको चैत्र महिना देखि लकडाउन अवधिभर बैँकले प्रदान गरेका सवै शिर्षकका ऋmणहरुको बाँकी साँवा ब्याज बुझाउने म्याद कम्तीमा अवस्था सामान्य नभए सम्मका लागि वा बढीमा आगामी १ वर्ष सम्म ऋण्ीले माग गरेमा म्याद थप हुनु पर्ने ।
६. सबै कर्जाहरुको ब्याज दर बैशाख देखि कम्तिमा १ वर्ष आधार दरमा दिने र बैँकहरु यो आ.ब.को तिन महिना बिना नाफामा अर्थतन्त्र चलायमान बनाउन श्वेछिक रुपमा ऋण नविकरण तथा अन्य दस्तुर नलिइ बैकिङ्ग सेवा प्रदान गर्नुहुन अनुरोध छ । साथै आगामी आ.ब. सम्मलाइ कालो सूचि, वाचा लिष्ट, डेब्ट इक्यूटी रेसियो असन्तुलन भए पनि मान्य हुने ब्यावस्था गर्ने ।
७. किस्ता तिर्नु पर्ने सबै कर्जा चुक्ताका लागि पुर्नतालिकीकरणको व्यवस्था हुनुपर्ने ।
८. उद्योगी व्यवसायीहरुले गर्ने व्यवसायसंग सम्बन्धित विमाको प्रिमियम भुक्तानीमा ५०% छुटको व्यवस्था हुनुपर्ने ।
९. संक्रमणका कारण बन्द भएका लामो समयसम्म गम्भिर असर पर्ने कृषि पर्यटन, यातायात, होटल, रिसोर्ट आदि क्षेत्रका लागि विशेष सहुलियत सहित न्यून दरमा आगामी ५ वर्षका लागि कर्जा नविकरण र किस्ता तिर्ने समय पुनरावलोकन हुनुपर्ने ।

