थानेश्वर अधिकारी,असार १६ ।
गुल्मी जिल्लाका क्वारेन्टाइनमा रहेका महिलाहरुलाई सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा मर्यादा किट बितरण गरिएको छ । गुल्मी जिल्लाको रेसुंगा नगरपालिका इस्मा ,रुरुक्षेत्र ,छत्रकोट , गुल्मी दरबार गाउँपालिकाका क्वारेन्टाइनमा रहेका ९१ जना महिलाहरुलाई मर्यादा किट तथा १६ जना किशोरीहरुलाई किशोरी किट वितरण गरिएको छ ।
क्वारेन्टाइमा भएका महिला तथा किशोरीहरुको आत्मबल तथा मनोबल उच्च बनाउन साथै क्वारेन्टाइन महिला मैत्री होस भन्ने उद्दश्यले मर्यादा किट वितरण गरिएको छ ।
यु.एन.एफ.पिए. को आर्थिक सहयोग र सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुको समन्वयमा सो किट वितरण गरेको कार्यक्रमका संयोजक जियाउल हकले जानकारी दिए । महिलाहरुलाई आबश्यक पर्ने म्याक्सी , चोलो , पछ्यौरा , पेटीकोट , ब्रस , काइयो , भित्री बस्त्र लगायत महिनावारी हुँदा आवश्यक पर्ने सरसफाइका साम्रगीहरु सहित झोला बितरण गरिएको सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्य समिति सदस्य तिलोचन घिमिरेले जानकारी दिए ।
साथै इश्मा गाउँपालिकाको क्वारेन्टाइनमा बसी गुल्मी अस्पतालमा सुत्केरी महिलालाई पनि अस्पतालमै पुगेर मर्यादा किट बितरण गरिएको हो । रेसुंगा नगरपालिकाका क्वारेन्टाइनमा बसेका महिलाहरुलाई मर्यादा किट हस्तान्तरण गर्दै नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले यस्ता प्रकारका सहयोगबाट महिला तथा किशोरीहरुमा आत्मबल बृद्धि हुने भएकाले सहयोगी संस्थालाई धन्यवाद दिएका छन् ।
यस अघी पनी यस्तै प्रकारका किटहरु प्रदेशका अन्य जिल्लाका क्वारेन्टाइन भएका महिला तथा किशोरीहरुलाई वितरण गरिएको संस्थाले जनाएको छ ।