बि एड प्रथम वर्षको नतिजामा सिद्धार्थ क्याम्पस प्रदेशमै उत्कृष्ट

ByLumbini Darpan Online

१७ असार २०७७, बुधबार ०१:१९ १७ असार २०७७, बुधबार ०१:१९ १७ असार २०७७, बुधबार ०१:१९

लुदअ कपिलवस्तु, असार १७
बि एड प्रथम वर्षको नतिजामा कपिलवस्तु जिल्लाको शैक्षिक धरोहर सिद्धार्थ क्याम्पस बुंची प्रदेश ५ मै उत्कृष्ट हुन सफल भएको छ ।

क्याम्पसमा अध्ययनरत छात्रा अरुणा अर्यालले परीक्षामा उत्कृष्ट नतिजासहित प्रदेश पाँचमा प्रथम स्थान हाँसिल गर्न सफल भएकी छिन् । उनले ६५.६७ प्रतिशत सहित प्रदेश पाँचमा प्रथम स्थान हाँसिल गर्न सफल भएको क्याम्पस प्रमुख खेमराज शर्माले जानकारी दिए । ।

त्रिभुवन विश्व विद्यालयको शिक्षा शास्त्र संकाय अन्तरगतको चार वर्षीय बि एड को प्रथम वर्षको नतिजामा उनले प्रथम स्थान हाँसिल गरेकी हुन् । लकडाउनका कारणले विश्वविद्यालयका पठनपाठन तथा परीक्षा कार्यक्रम स्थगित भए पनि नतिजा प्रकाशन भने रोकिएको छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?