कपिलवस्तु फुटवल सघंको अध्यक्षमा थापा

[sharethis-inline-buttons]

१७ असार कपिलवस्तु 
कपिलवस्तु फुटवल सघंको तदर्थ समिति गठन कार्यक्रममा अध्यक्षको जिम्मेवारी तिलक थापाले पाएका छन । कपिलवस्तु जिल्लाको चार नः जितपुरमा भएको प्रस्तावित कपिलवस्तु फुटवल सघंको जिल्ला भेलाले तिलक थापालाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

उपाध्यक्षमा दिनेश सेन, रविन्द्र सेन र सरोज डफाली, सचिवमा गोविन्द प्रसाद आर्चाय रहेका छन भने सदस्यहरुमा पंकज सेन, प्रेम राना, दुुर्गा थापा, रमेश मल्ल, झविन्द्र मल्ल, प्रदिप थापा, मैना कुमार थापा, राज कुमार श्रेष्ठ रहेका छन ।

कार्यक्रमा जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक नारायण खनाल, बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, अखिल नेपाल फुटवल सघंका उप महासचिव तथा जिल्ला प्रतिनिधि प्रकाश पंगेनी, केन्द्रिय सदस्य तथा जिल्ला प्रतिनिधि कुमार केसि, वडा नः १ का वडा अध्यक्ष बाल कुमारी अधिकारी , वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री र जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख मिन प्रसाद पोखरेल लगायतले आ आफनो धारणा राखेका थिए ।कार्यक्रम पछि आजै बसेको तदर्थ समितिको पहिलो बैठकले महासचिवमा ईश्वर थापा, कोषाध्यक्ष गणेस बहादु् सिंह ठकु्रि, सदस्यहरुमा राजन अर्याल र केशव थापालाई मनोनित गरेको छ ।


प्रकाशित : २०७७ असार १७, बुधबार १६:३४