
लुदअ असार १८ कपिलवस्तु
कपिलवस्तुमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शुद्धोधन गाउँपालिका १ सोहसाका ३४ वर्षीय दामोदर थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
दामोदरले बालिकाको घरमा कोही नभएको अवस्थामा चर्पीमा लगेर बलात्कार गरेको सूचनाका आधारमा प्रहरी चौकी बगदी र इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

