Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन्...

टोकियो ओलम्पिकमा गौरिकाले तोडिन् आफ्नै रेकर्ड

लुदस ,काठमाडौं , साउन १३ जापानको टोकियोमा जारी ३२ औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडि खेलाडी गौरिका सिंहले राष्ट्रिय...

नगरकै नमुना सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने

हरि आचार्य, रुपन्देही रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको नगरपालिकाकै नमुना विद्यालय सैनामैना नमुना माध्यमिक विद्यालयले बिज्ञान विषय सञ्चालन गर्ने...

आज ३ हजार ८४० जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

  लुदस, काठमाडौ,साउन १३ पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि हुदा १...

आजको सेयर बजार

काठमाण्डौ ,साउन १३ सेयर बजार कारोबार मापक नेप्से आज उच्च विन्दुले उकालो लागेको छ । आज नेप्से परिसूचक...

Latest Posts

सरकारमा सहभागी हुन माधव नेपाललाई आयो दबाब

लुदस ,काठमाडौँ, साउन १३ एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई उनी निकट सांसदले सरकारमा सहभागी हुन दबाब दिएका छन् । नेपालसँग बुधबार भएको छलफलमा सांसदहरूले सरकारमा सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । तर, नेपालले भने सांसदको कुरा सुने पनि कुनै...

महाराजगंजको बजेट १ अर्ब ७ करोड

लुदअ कपिलवस्तु, असार १८

कपिलवस्तुको महाराजगंज नगरपालिकाले आर्थिक बर्ष २०७७।०७८ को बार्षिक बजेट विनियोजीत गरेको छ । महाराजगंज नगरपालिकाको सातौँ नगर सभाले रु १ अर्ब ७ करोड बराबरको रकम विनियोजीत गरेको छ । नगरपालिकाले असार १० गते निति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

नगर सभाले पुजीगत तर्फ ५४ करोड, ७६ लाख ६३ हजार विनियोजन गरेको छ त्यस्तै चालु तर्फ ११ करोड विनियोजन गरेको नगर प्रमुख अब्दुल कलामले जानकारी दिए ।

नगरपालिकाको सशर्त अनुदान २७ करोड १९लाख र सामाजिक सुरक्षा तर्फ १५ करोड रकम नगर सभाले विनियोजीत गरेको नगर प्रमुख कलामले बताए ।

महाराजगंज नगरपालिकाले किचड मुक्त गाउ निर्माणका साथ अघि बढेको नगर प्रमुख कलामले बताए । छानो मुक्त नगर निर्माण र शुद्धखाने पानीमा समेत विशेष रकम वियोजन गरेको नगर प्रमुख कलामले जानकारी दिए ।

नगरपालिकाले महाराजगंज नगरपालिकामा रहेको ११ वटै वडालाई ७५ लाखको दरले रकम विनियोजन गरेको नगर उपप्रमुख शुभावती कुर्मीले जानकारी दिए । नगरको भौतिक पुर्वाधार विकास, शिक्षा स्वास्थ्य कृषि, पशु सेवा, लगायतका क्षेत्रमा रकम विनियोजीत गरीएको उप प्रमुख कुर्मीले बताए ।

नगर सभाले स्वास्थ्य जिवनको आधार, हाम्रो मेयरको सरोकार, सरुवारोग महामारी नियन्त्रण अस्पाताल, पशु विमा, कर्मचारी कल्यण कोष स्गापन, पर्यटन प्रवद्र्धनको लागि समेत विशेष योजनामा रकम विनियोजन गरिएको महाराजगंज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिए ।

त्यस्तै युवा स्वरोजगार, अधुरा योजना निरन्तरता, सिचाई तथा बाधा निर्माण, वडा कार्यालय व्यवस्थापनको लागि समेत रकम विनिया्ेजन गरिएको अधिकृत खरेलले बताउनु भयो । नगर सभाले विद्यालय सुधार, सामाजिक सुरक्षा भत्ता बैकींग, समावेशी विकास महिला तथा बालाबलिकालाई विशेष गृहयता दिएको छ ।

नगरसभामा महाराजगंज नगरपालिकाका आर्थिक विनियोजन समितिका संयोजक योगेन्द्र कुमार केसीले बजेट प्रस्तुत गरेका थिए ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *