धौलागिरी लघुबित्त पकडीद्धारा सदस्यलाई बिमा रकम हस्तान्तरण

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी,पकडी ।
धौलागिरी लघु बित्त बित्तीय संस्था लिमिटेड, शाखा कार्यालय पकडीद्धारा आज सदस्यका लागी जिवन सुरक्षण बिमा र कर्जा सुरक्षण बिमा अन्र्तगत मायादेवी गाउँपालिका वार्ड नं १ पकडीकी कमला देवी कहारलाई एक लाख सात हजार बराबरको बिमा रकम हस्तान्तरण गरेको छ ।

धौलागिरी लघु बित्त बित्तीय संस्था लिमिटेड र रिलायवल नेपाल लाइफ इन्सुरेन्स कम्पनी बिच भएको सम्झौता अनुसार केन्द्र प्रमुख पुष्पा चौधरीको रोहवारमा सो रकम शाखा कार्यालय पकडीका प्रमुख पवन श्रीवास्तवले हस्तान्तरण गरेका हुन् ।

सदस्य तथा क्रणिहरुलाई भविश्यमा आइपर्ने भवितव्य र कर्जा सुरक्षण गर्न संस्थाले अनिवार्य बिमा गर्ने निति लिएको शाखा प्रमुख श्रीवास्तवले बताएका छन् । कार्यक्रममा शाखा प्रमुख पवन श्रीवास्तव, कनिष्ट सहायक घनश्याम मौर्या,प्रशिक्षार्थी सहायक संजय गुप्ता, केन्द्र प्रमुख पुष्पा चौधरी लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७७ असार १८, बिहीबार १७:०६