ताजा अपडेट

किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?

तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड

रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?

मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो

अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा

ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रलाई ओली नेतृत्वकै खाँचो रहेको भन्दै कपिलवस्तुका युवाद्धारा विशाल प्रदर्शन

लुम्बिनी दर्पण २०७७ असार १९, शुक्रबार १२:५८
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु,असार १९
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा कपिलवस्तुमा विशाल प्रदर्शन भएको छ । नेकपा समर्थक युवाहरुको सक्रियतामा चार नम्बर जितपुर चोकमा गरिएको प्रर्दशनमा ठूलो संख्यामा युवाहरुको सहभागिता रहेको थियो । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेको बेला राष्ट्रलाई ओली नेतृत्वकै खाँचो रहेको भन्दै युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै प्रदर्शन गरेका थिए ।

उनीहरूले ५ वर्षको स्थायी सरकारको लागि भनेर मतदान गरिएकाले अहिले नै केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाउन नहुने भन्दै नाराबाजी गरेका हुन् । नाराबाजीमा सहभागी भएकाहरूले वर्तमान सरकारलाई अस्थिर बनाउन भारतको इसारामा नेपालकै नेताहरू लागिपरेको आरोप लगाउँदै भारतबाट चलेकाहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न कुर्सीको लडाइँमा लागेको दाबी गरे ।

कोणसभामा अनेरास्ववियू केन्द्रीय सदस्य टुकलाल गैरेले भारतले नेपालमाथि गरेको नाकाबन्दीको बेलामा ओली सरकार नझुकेको, प्रधानमन्त्री ओली आफ्नो कठिन स्वास्थ्य अवस्थाका बाबजुद पनि नेपाललाई विकासोन्मुख देशबाट विकसित देश बनाउन लागि परेको बताए । उनले भारतले मिचेको नेपाली भूमिको वास्तविक नक्सा जारी गरेको, देशमा रेल र पानी जहाज चलाउन लागेको लगायतका कारण ओली नै सक्षम प्रधानमन्त्री भएकोले वर्तमान सरकार नरहे नेपालीको स्वाभिमान गुम्ने दावी गरे ।

यस्तै अनेरास्ववियूका पुर्व जिल्ला अध्यक्ष गोबिन्द प्रसाद आचार्य (बिकास) ले पाँच वर्षका लागि जनताले म्याण्डेड दिएर बनेको सरकारलाई बीचमा नै ढलाएर अस्थीरता सिर्जना गर्न खोजिएको भन्दै यसले देशलाई थप द्वन्द्वमा लैजाने बताए । देश कोरोना महामारीको संक्रमणविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । आचार्यले प्रधानमन्त्री ओलीले भारत नेपालको मिचिएको भुभागलाई फिर्ता ल्याएर संविधान संशोधन गरी नक्सानै सार्वजनिक गर्ने महान कार्य पछि उनी विरुद्ध भारतीय विस्तारवादनै लागि परेको छर्लङ्ग भएको दावी गर्दै कदापि त्यसो हुन नदिने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीका समर्थकहरूले ‘केपी ओली जिन्दाबाद’, ‘आजलाई होइन भोलिलाई, ५ वर्ष ओलीलाई’, ‘स्थायी सरकार कायम गर’, ‘भारतीय दलाल मूर्दावाद’, ‘विदेशी हस्तक्षेप मुर्दावाद’, पार्टी स्थिरता कायम गर, लिम्पियाधुरा हाम्रो हो लगायतका नाराहरू लगाएका थिए । प्रदर्शनमा कपिलवस्तुका नेकपा समर्थक युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

अनेरास्ववियू जिल्ला संयोजक बाबुरमा अर्यालले कोणसभाको सञ्चालन गरेका थिए ।


प्रकाशित : २०७७ असार १९, शुक्रबार १२:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा
  • भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न
  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
प्रतिक्रिया

यो पनि पढौँ

मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा बाढीमा ६ चिनियासहित १८ जना सम्पर्कविहीन, ९ जनाको सकुशल उद्धार

बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै

बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित

नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम

भर्खरै

  • किन विश्व अमेरिकालाई ‘खलनायक’ मान्दैछ, चीनको पक्षमा बढ्दै जनलहर?

  • तिलोत्तमामा एउटै घरमा भेटिए २३ वटा विषालु सर्प, सबैको उद्धार

  • डेंगी परीक्षणको शुल्क निर्धारण गर्नुपर्नेमा मन्त्री पौडेलको जोड

  • रुपन्देहीको शुद्धोदन गाउँपालिकाको बजेट पारित, कुल बजेट ७९ करोड २४ लाख

  • रहस्यमय घटना: भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीभित्र बालिका कसरी खसिन्?

  • मिडिया हाउसको दुरुपयोग: बाँके, सुर्खेत र जाजरकोटमा नक्कली नोट र लागुऔषध कारोबारको जालो

  • भारतबाट आएको ट्रक मुग्लिन सडकबाट ८० मिटर तल खस्यो

  • अपहरणमा परि सामुहिक बलात्कार भएको र न्याय नपाएको भन्दै शुद्धोधनकी महिला मिडियामा

  • ऊर्जामन्त्री खड्काको जनार्दनलाई प्रश्न: १२ वर्षमा के प्रगति भयो?

  • देउवाका अनुसार, लोडसेडिङ हटाउन र निजी लगानीका लागि कांग्रेसको भूमिका अहम्


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech