ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

राष्ट्रलाई ओली नेतृत्वकै खाँचो रहेको भन्दै कपिलवस्तुका युवाद्धारा विशाल प्रदर्शन

लुम्बिनी दर्पण २०७७ असार १९, शुक्रबार १२:५८
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु,असार १९
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा कपिलवस्तुमा विशाल प्रदर्शन भएको छ । नेकपा समर्थक युवाहरुको सक्रियतामा चार नम्बर जितपुर चोकमा गरिएको प्रर्दशनमा ठूलो संख्यामा युवाहरुको सहभागिता रहेको थियो । पार्टीभित्र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेको बेला राष्ट्रलाई ओली नेतृत्वकै खाँचो रहेको भन्दै युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले दुवै पदबाट ओलीलाई हटाउन नहुने भन्दै प्रदर्शन गरेका थिए ।

उनीहरूले ५ वर्षको स्थायी सरकारको लागि भनेर मतदान गरिएकाले अहिले नै केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको पदबाट हटाउन नहुने भन्दै नाराबाजी गरेका हुन् । नाराबाजीमा सहभागी भएकाहरूले वर्तमान सरकारलाई अस्थिर बनाउन भारतको इसारामा नेपालकै नेताहरू लागिपरेको आरोप लगाउँदै भारतबाट चलेकाहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न कुर्सीको लडाइँमा लागेको दाबी गरे ।

कोणसभामा अनेरास्ववियू केन्द्रीय सदस्य टुकलाल गैरेले भारतले नेपालमाथि गरेको नाकाबन्दीको बेलामा ओली सरकार नझुकेको, प्रधानमन्त्री ओली आफ्नो कठिन स्वास्थ्य अवस्थाका बाबजुद पनि नेपाललाई विकासोन्मुख देशबाट विकसित देश बनाउन लागि परेको बताए । उनले भारतले मिचेको नेपाली भूमिको वास्तविक नक्सा जारी गरेको, देशमा रेल र पानी जहाज चलाउन लागेको लगायतका कारण ओली नै सक्षम प्रधानमन्त्री भएकोले वर्तमान सरकार नरहे नेपालीको स्वाभिमान गुम्ने दावी गरे ।

यस्तै अनेरास्ववियूका पुर्व जिल्ला अध्यक्ष गोबिन्द प्रसाद आचार्य (बिकास) ले पाँच वर्षका लागि जनताले म्याण्डेड दिएर बनेको सरकारलाई बीचमा नै ढलाएर अस्थीरता सिर्जना गर्न खोजिएको भन्दै यसले देशलाई थप द्वन्द्वमा लैजाने बताए । देश कोरोना महामारीको संक्रमणविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । आचार्यले प्रधानमन्त्री ओलीले भारत नेपालको मिचिएको भुभागलाई फिर्ता ल्याएर संविधान संशोधन गरी नक्सानै सार्वजनिक गर्ने महान कार्य पछि उनी विरुद्ध भारतीय विस्तारवादनै लागि परेको छर्लङ्ग भएको दावी गर्दै कदापि त्यसो हुन नदिने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीका समर्थकहरूले ‘केपी ओली जिन्दाबाद’, ‘आजलाई होइन भोलिलाई, ५ वर्ष ओलीलाई’, ‘स्थायी सरकार कायम गर’, ‘भारतीय दलाल मूर्दावाद’, ‘विदेशी हस्तक्षेप मुर्दावाद’, पार्टी स्थिरता कायम गर, लिम्पियाधुरा हाम्रो हो लगायतका नाराहरू लगाएका थिए । प्रदर्शनमा कपिलवस्तुका नेकपा समर्थक युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

अनेरास्ववियू जिल्ला संयोजक बाबुरमा अर्यालले कोणसभाको सञ्चालन गरेका थिए ।


प्रकाशित : २०७७ असार १९, शुक्रबार १२:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech