कपिलवस्तुमा ७ सय ४४ कोरोना संक्रमित मध्ये ७९ जना मात्र आईसोलेशनमा

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ कपिलवस्तु असार २०
रेड जोनबाट हटेको कपिलस्तुका आईसोलेशन रित्तिदै गएका छन । सरकारले नयाँ निर्देशिका जारी गरे पछि जिल्लाका आइसोलेशन रित्तिदै गएका हुन । जिल्ला स्वास्थ्य कार्यालय अनुसार कपिलवस्तुमा शु्क्रवार सम्म आईसोलेशनमा ७९ जना मात्र संक्रमति छन । कुल ७ सय ४४ मध्ये ६ सय ६४ जना घर फर्कीसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गत जेठ २४ गते सरकारले नया निर्देशिका जारी गर्दै १४ दिन आइसोलेशनमा बत्रेको संक्रमितमा कुनै लक्षण देखिए घर जान दिने प्रावधान बनाएको थियो ।

त्यस यता जिल्लामा भेटिएका संक्रमितहरुलाई धमाधम बिना पिसिआर जाच घर पठाईएको हो । जिल्लाका १० पालिका मध्ये तीन पालिकामा सबै संक्रमित घर फर्किसकेका छन । यशोधरा र मायाँदेबी गाउँपालिका तथा महाराजगंज नगरपालिकामा भेटिएको सबै संक्रमित घर फर्कि सकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यशोधरामा जिल्ला कै सबै भन्दा बढी १ सय ६८, महाराजगंजमा १ सय २२ तथा मायादेबीमा ७५ जा संक्रमति भेटिएका थिए । अहिले ती पालिकाका आइसोलेशन खाली छन । कृष्णनगरमा एक जना शुद्धोदन र बुद्धुभुमीमा दुई दु्ई जना मात्र संक्रमित छन । बाणगंगामा ३०, बिजयनगरमा १४, कपिलवस्तुमा २३, शिवराजमा ७ जना संक्रमित छन ।

यता कारोना भाईरसको सख्या बढेर त्रसित बनेका कपिलस्तुबासी अहिले भने खुल्ला बनेका छन । कोरोना संक्रमितको संख्या निरन्तर घटनु र भेटिएको संक्रमतिहरु मध्ये कसैलाई पनि केही नहनुले पनि जिल्लामा अहिले कोरोनाको त्रास हटेको छ । सार्वजनिक बस र बिद्यालय बाहेक जिल्लामा सबै संचालन भएका छ । जिल्लाको बजारहरुमा पहिले जस्तै भीडभाड बढेको छ । बैक बित्तिय सस्थाहरु खुलेका छन । यहा सम्मकी सर्वसाधाराणहरु मास्क समेत लगाउन छाडेका छन । जिल्लामा कोरोनालाई अहिले सामान्यरुपमा लिइएको छ ।

भेटिएका संक्रमितहरुलाई केही नभएको र यसले केही पनि असर नगर्नै बु्झाई भएकाले अहिले जिल्लामा कोरानाबाट डराउन छाडेको स्थानीय रबि ठाकुर बताउछन । यहा सम्मकी बिदेशबाट आएकाहरुलाई क्वारेन्टीनमा नराखी सिधै घर पठाउने गरिएको उनले बताए । ‘ कोरोनाले पछि के असर गर्द त्यो थाहा छैन तर अहिले जिल्लामा कोरोनासंग अब डराउन छाडेका छन । जिल्लामा ८ हजार २२४ जनाको स्बाव संकलन गरिएकोमा अब केवल १ सय ८६ जनाको नतिजा आउँन बाकी छ ।


प्रकाशित : २०७७ असार २०, शनिबार ०१:३३