यस बर्ष कपिलवस्तुको लक्ष्मणघाटमा बोलबम मेला नलाग्ने

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वार्ड नं ६ मा रहेको धार्मिक तथा ऐतिहासिक तिर्थ स्थल लक्ष्मणघाटमा यस बर्ष बोलबमधाम मेला नलाग्ने भएको छ । लक्ष्मणघाट बोलबम धाम विकास समितिको हिजो बसेको बैठकले सो निर्णय गरेको हो । अहिले बिश्व महामारीमा रुपमा फैलिएको कोभिड १९ को प्रकोपका कारण सो मेला स्थगन गर्न परेको बोलबमधाम विकास समितिका अध्यक्ष रन बहादुर काउचाले बताएका छन् ।

श्रावणी मेलमा हजारौ भक्तजनहरु जलार्पण गर्न आउने सो को लागी सामाजिक दुरी, व्यक्तिगत सावधानी अपनाउन कठिनाई पर्ने भएकाले जलार्पण र दर्शन गर्ने व्यवस्था मिलाउन नसकेकाले यसबाट दर्शनार्थीहरुमा पर्न गएको असुबिधा प्रति अध्यक्ष काउचाले दुःख व्यक्त गरेका छन् । साथै अहिले देखिरहेको कोरोना भाइरसबाट आफु लगायत सबै जना सुरक्षित रही आ आफुनै घरमा बसेर शिव आराधना गरी पुजा गर्न सचिव प्रकाश भुसालले अनुरोध गरेका छन् ।

लक्ष्मणघाटमा परापुर्वकाल देखी नै श्रावणी जलार्पण यात्रा तथा बोलबम मेला संचालन हुदै आइरकेको छ । लक्ष्मणघाटमा रहेको बाणगंगा नदीको जल नेपालका बिभिन्न ठाउँमा रहेका शिव मन्दिरमा लगी जलार्पण गर्नाले मानिसको मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ । सो मेला भर्न नेपाल लगायत छिमेकी मुलुक भारतका बिभिन्न स्थानहरुबाट भक्तहनहरु मेला भर्न आउने गरेको लक्ष्मणघाट सामाजिक विकास केन्द्रका कोषाध्यक्ष सन्दिप न्यौपानले बताए ।


प्रकाशित : २०७७ असार २२, सोमबार ०७:१३