थानेश्वर अधिकारी ।
घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा कपिलवस्तुद्धारा कपिलवस्तु नगरपालिका वार्ड नं ९ का १० नयाँ उद्यमीका लागी हाउस वायरिङका सामाग्री सहयोग गरेको छ । आर्थिक बर्ष २०७६/०७७ का लागी बार्षिक रुपमा बिनियोजित रकमबाट सो प्रविधि हस्तान्तरण गरिएको घरेलु तथा साना उद्योग कार्यालय, तौलिहवाका प्रमुख राजन के.सी.ले बताएका छन् ।
नयाँ उद्यमीहरुलाई साडे दुइ महिने हाउस वायरिङ तालिम दिई दिइ उनीहरुलाई स्वरोगार बनाउन ड्रिलिङ मेसिन लगायतका सामाग्री हस्तान्तरण गरिएको प्रमुख के.सी.ले बताएका छन् । प्रत्येक बर्ष सीप विकास तालिमका माध्यमबाट नयाँ उद्यमी सृजना गर्ने उद्देश्य अनुरुप सो सामाग्री हस्तान्तरण गरिएको हो ।
यस सँगै घरेलु तथा साना उद्योग कार्यालय, कपिलवस्तु र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहकार्यमा कपिलवस्तु जिल्लाका पाँच वटा स्थानिय तह ( बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवी गाउँपालिका ,शुद्धोधन गाउँपालिका) मा गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्र्तगत सिलाई कटाई, व्यूटि पार्लर, टुना टपरी, बाख्रापालन,माक्स बनाउने तालिम अगरबत्ती बनाउने तालिम संचालन संचालन गरी नयाँ उद्यमी सृजना र पुराना उद्यमीका लागी प्रविधि सहयोग अन्र्तगत सिलाई मेसिन, डल कुशनका सामाग्री, व्युटिपार्लर र कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।