ताजा अपडेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

कक्षा १२ को नतिजा सार्वजनिक

अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

विश्वकपमा अब रोनाल्डो मात्र

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लकडाउनका कारण कपिलवस्तुका हाटबजार व्यवसायी मर्कामा, समस्या कस्ले सुन्ने ?

लुम्बिनी दर्पण २०७७ असार २२, सोमबार १८:१४
[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, असार २२

कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनले गर्दा कपिलवस्तुका हाट बजार व्यवसायीहरु मर्कामा परेका छन् । कहिले कहाँ कहिले कहाँको हाट बजामा व्यवसाय सञ्चालन गरेर आएको आम्दानीबाट घर भाडा र बल्ल तल्ल छाक टार्दै आएका हाट बजार व्यवसायीहरुलाई अब जिविकोपार्जन गर्न धेरै गाह्रो भएको छ ।

कपिलवस्तुको चार नम्बर जितपुरमा बसेको कपिलवस्तु हाट बजार ब्यवसायी संघको आकस्मिक बैठकमा व्यवसायीहरुले अहिले सम्म कुनै पनि निकायले हाट बजार व्यवसायीहरुको समस्या नसुनेको गुनासो गरेका छन् ।

वि=स= २०६० सालमा स्थापना भएको कपिलवस्तु हाट बजार व्यवसायी संघ कपिलवस्तुमा दर्ता भई विधिवत रुपमा सरकारलाई कर तिर्दै आएका व्यवसायीहरुले कर बढाउदै लैजाने बाहेक लकडाउनको यो बिषम परिस्थितीमा कुनै पनि निकायले समस्यालाई नबुझेको संघका जिल्ला अध्यक्ष ज्ञान बहादुर थापाले बताएका छन् । अध्यक्ष थापाले नगरपालिका, उद्योग वाणिज्य संघ, जिल्ला प्रशासनमा दर्ता तथा कर बुझाई विधिवत रुपमा सञ्चालन हुँदै आएको संघका माग तथ समस्या सम्बन्धित निकायले नबुझ्दा राज्यले उपेक्षा गरेको महशुस भएको गुनासो गरे ।

संघका सदस्य हेमराज नेपालीले रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै अन्य व्यवसायीहरुलाई मापदण्ड अनुरुप व्यवसाय सञ्चालन गर्न दिईएको भन्दै हाटबजार व्यवसायीहरुलाई नगरपालिका, जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ कसैले पनि ध्यान नदिएको गुनासो गरे । उनले तत्काल व्यवसाय सञ्चालन गर्ने व्यवस्था मिलाउन माग समेत गरे ।

त्यस्तै संघका अर्का सदस्य यज्ञ मुर्ति काफ्लेले यदि सम्बन्धित निकायले ब्यबस्थापन गरी केहि निष्कर्ष ननिकाले व्यवसायीहरुको अवस्था दयनिय भएको भन्दै आम्दानीको स्रोत देखाईदिन माग गरे । उनले अरु व्यवसायीहरु मापदण्ड पुरा गरेर सञचालन गर्न दिने तर हाट बजार व्यवसायीहरुले व्यवसाय गर्दा कोरोना सर्ने भन्दै प्रश्न गरे ।

बैठकमा कपिलवस्तुका करिव ४ हजार ५ सय हाटबजार व्यवसायीहर मारमा पर्दा पनि सम्बन्धित पक्ष मौन रहेको भन्दै सञ्चारकर्मीसंग गुनासो गर्दै सरकारले व्यवसायीका लागि निर्माण गरेका ऐन नियमहरु कार्यान्वयन नभएको दावि गरेका छन् ।

उनीहरुले समय देखी सरकारले लागु गरेको लक डाउनको पुर्ण रुपमा पालना गरेको अव अवस्था बिस्तारै सामान्य हुदै गएको र चाडपर्व पनि नजिकिदै गएकाले व्यापार व्यवसाय खोल्न पाउनु पर्ने उनीहरुले माग गरेका छन् । विशेष गरी सानो पुंजी रहेका कृषक तथा व्यापारीहरुलाई पनि संघमा आवद्ध गराई जिवन निर्वाहको बाटो देखाएको संघको माग नगरपालिकाले दर्ता पनि नगरी वेवास्ता गरेको भन्दै शिघ्र निर्णय गर्न माग समेत गरे ।

बैठकमा संघका जिल्ला अध्यक्ष ज्ञान बहादुर थापा, उपाध्यक्ष मधु केसी र खीमानन्द पौडेल, सचिव नेत्र घिमिरे, सह सचिव तिलक पाण्डे, सदस्य हेमराज नेपाली, यज्ञ मुर्ति काफ्ले लगायत व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

 

 

 


प्रकाशित : २०७७ असार २२, सोमबार १८:१४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • विश्वकपमा अब रोनाल्डो मात्र
  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
  • कर सहयोगी संगठनमा नयाँ नेतृत्व , कपिलवस्तुका वासुदेव बने वरिष्ठ उपाध्यक्ष
  • पत्रकारका लागि एआई तालिम बाणगंगामा सुरु
  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
प्रतिक्रिया

यो पनि पढौँ

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ

भर्खरै

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)

  • रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

  • कक्षा १२ को नतिजा सार्वजनिक

  • अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र

  • विश्वकपमा अब रोनाल्डो मात्र

  • पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता

  • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech