लकडाउनका कारण होटल व्यवसायी मर्कामा, कपिलवस्तुका व्यवसायीद्धारा ज्ञापन पत्र पेश

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, असार २५
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नदिन नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण होटल तथा रेष्टुरण्ट व्यवसायीहरुको अवस्था दयनयि बनेकोले विभिन्न माग राख्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तुले ज्ञापन पत्र पेश गरेको छ । बैंकबाट करोडौ रकम ऋण लिएर होटल तथा रेष्टुरेण्ट व्यवसयी सञ्चालन गरेका व्यवसायीहरुको अवस्था दयनिय बनेकाले यथाशिघ्र उचित कदम चाल्न माग गर्दै संघले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत सरकारलाई ज्ञापन पत्र पेश गरेको हो ।

ज्ञापन पत्रमा अधिकांश व्यवसायीहरुले अन्य व्यक्तिको घरमा भाडामा व्यवसाय सञ्चालन गरेको अवस्थामा परिवारको जिवन निर्वाह गर्न समेत गाह्रो भएको अवस्थामा घरभाडा छुट वा सम्बन्धित निर्णय गर्न माग गरिएको छ ।

करिव सबै व्यसायीहरुले बैंकबाट ऋण लिएर सञ्चालन व्यवसाय सञ्चालन गरेकोले लकडाउनका कारण व्यवसाय बन्द भएपछि आयस्रोतको बाटो नै बन्द भएकाले यस तर्फ ब्याज छुट वा उचित निर्णय गर्न माग गरिएको छ ।

संघले अब यो विषम परिस्थितीबाट पहिलाको अवस्थामा फर्किनका लागि कम्तिमा ६ महिना लाग्ने भएकाले ६ महिना सम्ममा किस्ता बन्दी रुपमा कर तिर्ने व्यबस्था मिलाउन माग गरेको छ ।

त्यसैले निजी लगानीबाट सरकारको आम्दानी बढाई रोजगार पनि प्रदान गर्दै आईरहेका होटल तथा रेष्टुरेण्ट व्यवसायहरु भौतिम रुपमा दुरी कायम, स्वास्थ्य मापदण्ड पुरा गर्दै सुरक्षित तरिकाले सञ्चालन गर्ने व्यवस्था मिलाउन नेपाल सरकारको अर्थ मन्त्रालय र आन्तरीक राजश्व कार्यालयलाई जिल्ला प्रशासन मार्फत ज्ञापन पत्र बुझाईएको संघले जनाएको छ ।

संघका जिल्ला सचिव शिवराज सापकोटा र ईकाई कृष्णनगरका अध्यक्ष शिव प्रसाद घिमिरे लगायतको टोलिले ज्ञापन पत्र पेश गरेको हो ।


प्रकाशित : २०७७ असार २५, बिहीबार १६:२७