ताजा अपडेट

रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

‘लकडाउनका कारण एजुकेसन कन्सल्टेन्सी धरासायी बन्दै, सरकारी सहयोग चाहियो’

लुम्बिनी दर्पण २०७७ असार २६, शुक्रबार ०१:२०
[sharethis-inline-buttons]

लुदअ २६ असार, काठमाडौं
विश्वब्यापी कोरोनाको संक्रमण र लकडाउनका एजुकेसन कन्सल्टेन्सीहरु धरासायी बनेका छन् । विद्यार्थीलाई भाषा सिकाउने र विदेश पठाउने काम गर्दै आएका कन्सल्टेन्सी र तीनका सञ्चालकहरु अहिले कामविहीन भएका छन् ।

नेपाल शैक्षिक परामर्श संघका निर्वतमान अध्यक्ष विष्णुहरि पाण्डेका अनुसार देशभर करिब ४४ सय एजुकेसन कन्सल्टेन्सी छन् । त्यसमध्ये १४७३ शिक्षा मन्त्रालयमा दर्ता छन् । ४३० दर्ता प्रक्रिया रहँदै गर्दा लकडाउन भएपछि यो व्यवसाियमा थप लगानी भित्रिन पाएको छैन ।

नेपालबाट वर्षेनी ठूलो संख्यामा विद्यार्थीहरु अध्ययन र कामको खोजीमा विदेशिने क्रम विगत एक दशबदेखि निरन्तर उच्च दरमा बढिरहेको थियो । विदेशिने विद्यार्थी बढेपछि एजुकेसन कन्सल्टेन्सी व्यवसाय पनि फस्टाउँदो थियो ।

तर, कोरोना संकटमा कारण नेपालीहरुको प्रमुख शैक्षिक गन्तब्य रहेका मुलुकहरुनै प्रभावित भएपनि गत फागुनदेखि नै व्यवसायमा मन्दी आएको थियो । तर, लगातारको लकडाउन र तत्काल विद्यार्थीहरु विदेश जाने अवस्था नबन्नुले यो व्यवसाय नै संकटमा पर्ने देखिएको बताउँछन् अध्यक्ष पाण्डे ।

अहिले अधिकांश कन्सल्टेन्सी सञ्चालकहरुले घरभाडा, कर्मचारीको तलब लगायतको भुक्तानीमा समस्या भोगिरहेका छन् । काठमाडौंको पुतलीसडक, बागबजार लगायतका क्षेत्रमा घर भाडमा लिएर इन्ष्टिच्युट र कन्सल्टेन्सी चलाइरहेकाहरु एक रुपैयाँ पनि आम्दानी नभएपछि समस्या भएको बताउँछन्, ईक्यानका अध्यक्ष पाण्डे ।

‘हामीले घरबेटीहरुलाई औपचारिक रुपमै ५० प्रतिशत घरभाडा छुट दिन आग्रह गरेका छौं,’ पाण्डे भन्छन्,’आम्दानी नभएका बेलामा घरधनीहरुले समस्या बुझेर सम्बाधेन गर्नु भएन भने हामीलाई व्यवसायमा टिकिरहन समस्या हुन्छ ।’

एजुकेसन कन्सल्टेन्सीमा करिब ५० हजार जनाले रोजगारी गर्छन् । त्यसमध्ये अधिकांश अहिले कामविहीन भएका छन् । कति कन्सलटेन्सीले कामदारलाई लकडाउन लगत्तै रोजगारीबाट निकालिसकेको छन् भने कतिपयले आधा मात्रै तलब दिएर राखेका छन् ।

इक्यान अध्यक्षपाण्डे परिस्थिति जटिल बनेकाले शैक्षिक परामर्शदाताहरुलाई सरकारको सहयोग चाहिएको बताउँछन् ।

‘यो महामारी कहिलेसम्म जान्छ पत्तो छैन, घरभाडा तिर्नै पनि नसक्ने भइसक्यौं,’ उनी भन्छन्,’त्यसैले अब हाम्रो व्यवसायको बीमा बराबरको ऋण हामीलाई दिएर तत्कालको समस्या टारेर टिक्न सकिन्थ्यो ।’

नेपालबाट गत वर्ष पढाइका लागि विदशे जान ६२ हजार ८ सय जनाले ‘नो अब्जेक्सन लेटर’ लिएका थिए । त्यसमध्ये करिब ३५ हजारको मात्रै भिसा लागेको थियो । त्यसबाहेक वर्षमा करिब ३० हजार विद्यार्थी भारतमा अध्ययनका लागि जाने अनुमान छ । भारतबाहेक अष्टेलिया, जापान, अमेरिका, युरोपियन देशमा जानेको संख्या उच्च छ ।

यसरी विदेश जाने विद्यार्थीलाई सहजीकरण गरेर शुल्क लिएर चलेका एजुकेसन कन्सल्टेन्सीहरुलाई व्यवसाय पहिलाजस्तो राम्रो नहुने चिन्ता छन् ।

अध्यक्ष पाण्डे अब विदेशमा पढ्न जाने क्रम केही घट्न सक्ने बताउँछन् । संक्रमण साम्य नभएसम्म अभिभावकले पनि आफ्ना छोराछोरी विदशे पठाउन नचाहाने आकलन इक्यानको छ ।

‘अब सम्भाव हुने विषयहरु नेपालमै पढ्ने संस्कृति बढ्न सक्छ,’ पाण्डे भन्छन्,’तर यसको मार भने कन्सल्टेन्सीहरुले भोग्नुपपर्ने देखिन्छ ।’

समस्या समाधानका लागि सरकारले सहुलियपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने पाण्डे बताउँछन् ।


प्रकाशित : २०७७ असार २६, शुक्रबार ०१:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति
  • वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत
  • प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग
  • वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस
  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
प्रतिक्रिया

यो पनि पढौँ

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

शिक्षामा राजनीति होइन, दलीयकरण भयो : गगन थापा

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण

कपिलवस्तुका दुई वडा बालमैत्री घोषणा

धान उत्पादन बढाउन र कृषि आत्मनिर्भरताका लागि प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

कक्षा १२ को नतिजा सार्वजनिक

भर्खरै

  • रसुवा बाढी : नेपाली सेनाद्वारा १२ जनाको उद्धार

  • रसुवा बाढीः पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक


  • पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech