पहिरोले घर बगाउँदा सात जना बेपत्ता, पहिरो खसिरहेकाले भागाभाग

ByLumbini Darpan Online

२६ असार २०७७, शुक्रबार ०२:२१ २६ असार २०७७, शुक्रबार ०२:२१ २६ असार २०७७, शुक्रबार ०२:२१

लुदअ असार २६, म्याग्दी
लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन्। घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए। उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ। भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए।

भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको स्थानीयवासीसमेत रहेका वडासदस्य लोकबहादुर पुनले बताए। माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका छन्। घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो। चार घर विस्थापित भएका छन्। “गाउँबाट बाहिर निस्कने सबै बाटो पहिरोले बगाएको छ”, वडासदस्य पुनले भन्नुभयो, “पहिरो खसिरहेकाले हामीहरुको पनि भागाभाग छ।”

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *