
हरि आचार्य कपिलवस्तु, असार २८
कपिलवस्तुको वाणगंगा नगरपालिका चार नम्बर जितपुरका मल्ल परिवारले घरभाडामा सहुलियत गरेका छन् । कोरोना भाईरस (कोभिड १९) का कारण व्यवसायी, विभिन्न बैंक तथा वित्तिय संस्थाहरुको आर्थिक अवस्था कमजोर रहेको समयमा सोहि समस्यालाई मध्यनजर गर्दै चार नम्बर जितपुरका एक मनकारी परिवारले घरभाडामा सहुलियत दिएका हुन् ।
मेरो माईक्रोफाईनान्स लघुवित्त वित्तिय संस्था जितपुर शाखा रहेको घरधनिले घरभाडामा सहुलियत दिएको लघुवित्तका शाखा प्रमुख गोपाल सुवेदीले बताएका छन् । वित्तिय संस्था रहेको घरका घरधनी सुर्य बहादुर मल्ल र धन कुमारी मल्लले घरभाडामा केहि छुट दिएको उनीहरुले बताएका छन् ।
लकडाउनका कारण घरभाडा तिर्न नसकेर घरबाट विभिन्न संस्थाका कर्मचारीलाई निकालेका घट्नाहरु सार्वजनिक भईहरेका बेला जितपुरका मल्ल दम्पतिले भने छुट दिदा खुसी लागेको मेरो माईक्रोफाईनान्स लघुवित्त वित्तिय संस्था जितपुर शाखाका कर्मचारी उमाकान्त पाख्रेलले बताए ।
त्यस्तै घरधनी सुर्य बहादुर मल्लले लकडाउनको यो बिषम परिस्थितीमा पनि जसो तसो सञ्चालन भईरहेका संस्थाहरुलाई सहयोग गर्ने उद्देश्यले घरभाडामा केहि सहुलियत गरि दायित्व पुरा गरेको बताए ।
वित्तिय संस्थामा शाखा प्रमुख गोपाल सुवेदी, उमाकान्त पोख्रेल, ईश्वरि प्यकुरेल लगायत कर्मचारी कार्यरत छन् ।