लुदअ कपिलवस्तु, २८ असार
कपिलवस्तु अबको केही दिन मै कोरोनामुुक्त हुने क्रममा रहेको छ । कोरोना संक्रमितको संख्या घटेर अहिले १३ जनामा झरेको छ । जिल्लाका १० पालिकामा गरी ७ सय ४७ जना संक्रमित फेला परेको थियो । बैखाख २५ गते मायादेबी गाउपालिका– ४ का २ युवामा पहिलो पटक कोरोना देखिएको थियो ।
त्यस यता जेठको तेश्रो साता सम्म संक्रमितको संख्या निरन्तर बढदै गएको थियो । सरकारले गत जेठ २४ गते नया निर्देशिका जारी गर्दै लक्ष्ण नदेखिएका सक्रमितलाई १४ दिन आइसोलनेमा राखेर घर जान दिने नियम बनाए पछि जिल्लामा कोरोना संक्रमित घटदै गएको हो । जेठको तेश्रो साता सम्म जिल्लामा सात सयको हाराहारीमा सक्रमित पुगेका थिए ।
नया निर्देशिका जारी भए पछि संक्रमितको संख्या निरन्तर घटदै गएको स्वास्थय कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय अनुसार जिल्लाका १० पालिका मध्ये ८ कोरोनामुक्त भईसकेको छ । बाणगंगा र बुद्धभुमी नगरपालिकामा गरी १३ जना मात्र संक्रमित छन । बाणगंगामा ९ र बुद्धभूमिमा ४ जना मात्र संक्रमित छन ।
जिल्लाको सबै भन्दा बढी १ सय ६८ जना संक्रमित भेटिएको यशोधरा गाउँपालिका र दोश्रोमा महाराजगंज नगरपालिकामा १ सय २२ जना संक्रमित भेटिएका थिए । अहिले सो दुई पालिका सहीत, कपिलस्तु, कृष्णनगर, शिवराज बिजयनगर, मायादेबी, सुद्धोदन पनि कोरोनामुक्त भएको छ । अब २ सय ८ जनाको मात्र पिसिआर रिपार्ट आउन बाकी रहेको स्वास्थय कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।