लुदअ कपिलवस्तु, असार ३०
कपिलवस्तुको कृष्णनगर नगरपालिका ले नगरभित्रका व्यवसायीक कृषकहरूलाई फलफूलका बिरुवा वितरण गरेको छ। व्यवसायिक फलफूल खेतिलाई प्रवर्द्धन गर्ने उदेश्यले ३० जना कृषकहरूका लागि प्रति कृषक औषत ५० बिरूवा वितरण गरिएको नगरपालिकाका कृषि विकास अधिकृत चन्दुराम चौधरीले जानकारी दिए ।
वितरित विरूवाले २० हेक्टर क्षेत्रफलमा व्यवसायिक बगैचा बनाउन सकिने सुदिप मौर्याको भनाई छ। आँप, लिची, कागती र अनारका उन्नत जातका बिरुवा वितरण गरिएको हो।