रोटरीद्धारा कपिलवस्तु सामुदायिक अस्पतालमा १ लाख बढीको अक्षय कोष स्थापना

[sharethis-inline-buttons]

लुदअ कपिलवस्तु, असार ३०
रोटरी क्लव अफ कपिलवस्तु मिड टाउनले कपिलवस्तु सामुदायिक अस्पतालमा १ लाख बढीको अक्षय कोष स्थापना गरेको छ । रोटरी बर्ष २०२० । २१ को लागि पद हस्तान्तरण समारोहको अवसरमा सामुदायिक अस्पतालमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गरेको क्लवले जानकारी गराएको हो ।

पद हस्तान्तरणका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु, क्लवलका रोटरी वर्ष वर्ष २०१९ । २०का अध्यक्ष विरेन्द्र खाँण, वर्तमान अध्यक्ष नरशे पौडेल लगायतले अस्पतालका अध्यक्ष रामजी सेन र डाक्टर दिपेन्द्र चन्दलाई चेक हस्तान्तरण गरेका थिए । सो अक्षय कोषबाट अति गरिब, दुखी र विपन्नहरुको उपचारमा सहयोग पुग्ने क्लवले अपेक्षा गरेको छ ।

प्रमुख अतिथि मंगल थारुले यस्तै कार्यले गर्दा रोटरी अरु भन्दा फरक क्लवको रुपमा रहेको बताए । चेक ग्रहण गर्दै अस्पतालका अध्यक्ष सेनले रोटरीको यो महान् कार्यप्रति धन्यबाद दिए ।


प्रकाशित : २०७७ असार ३०, मंगलवार ०१:३५