Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

कृष्णनगरद्वारा नगरका सहकारी र कृषक समुहलाई पम्पसेट वितरण

अजय मिश्र कृष्णनगर, असार, ३०
कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नगरका १७ वटा सहकारी र कृषक समुहलाई पम्पसेट वितरण गरेको छ।
नगरपालिकाको आर्थिक बर्ष ०७६/०७७ को साना सिचाई अन्तर्गत को बजेट बाट २०७६ पुष १२ गते सूचना जारी भई उपभोक्ता समूह मार्फत खरिद गरिएको छ ।

८५ प्रतिशत नगरपालिका को अनुदान र १५ प्रतिशत कृषक समूह र सहकारीको लगानीमा पम्पसेट १ ओटा, ३८ किलो डिलीवरी पाइप, २५ फुट सेक्सन पाइप वितरण गरिएको जानकारी कृष्णनगर नगरपालिका कृषि शाखा प्रमुख चन्द्र राम चौधरी ले जानकारी दिए ।
एउटा पम्पसेट बाट करिब २.५ हेक्टर क्षेत्रफल सिंचित हुने कुरा कृष्णनगर नगरपालिका कृषि शाखा अधिकृत सुदिप प्रताप मौर्य ले जानकारी दिए ।

पालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर किसानहरुको सजिलोका लागि , पम्पसेट वितरण गरिएको र आगामी दिनमा पनि अन्य युवालाई कृषि पेशा अगाल्न उत्प्रेरणा दिनु पर्ने नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताए ।

विभिन्न समयमा धानको बिऊ, तरकारी को बिऊ, स्प्रे ट्यङकी, फलफूल विरूवा र किटनाषक विषादी वितरण गरिएको नगरपालिका को कृषि शाखा ले जनाएको छ । उक्त वितरण कार्यक्रम मा नगर उप प्रमुख शब्नम खातुन, प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डॉगी लगायत वडा अध्यक्ष हरुको उपस्थित रहेको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *