ताजा अपडेट

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा बर्षेनी मल अभाव, ९७ प्रतिशत खेतीमा पुग्दैन

लुम्बिनी दर्पण २०७७ असार ३१, बुधबार ७:५१

लुदअ कपिलवस्तु, असार ३१
धान रोप्ने सिजन सुरु भएसँगै कपिलवस्तुका किसानको चिन्ता सुरु हुन्छ। मलको जोहो कसरी गर्ने ? किसानलाई हरेक वर्ष मल पाउन निकै सकस पर्छ। केही सहकारीबाट, केही भारतबाट र केही कालो बजारी गर्नेबाट मल खरिद गर्छन्। बुद्धभूमि नगरपालिका–५ गिदवाका रिजवान गद्दी दुई सातादेखि मलका लागि सहकारीमा चक्कर लगाइरहेका छन्। उनले गत वर्ष पनि मल पाउन निक्कै सास्ती खेप्नु परेको थियो। एक बोरा युरिया सहकारीबाट, बाँकी भारतबाट चोर बाटो ल्याएर टारे। अहिले उनलाई २० बोरा युरिया र पाँच बोरा डिएपी मल खाँचो छ। सहकारीबाट मल नपाएपछि भारतीय सीमा क्षेत्र मर्जादपुर समेत पुगे। सीमा बन्दले गर्दा मेसो मिलाउन सकेनन्। यस वर्ष मलबिना रोपाइँ गरे। खेतीको सिजन सुरु हुँदा मल नपाएपछि कपिलवस्तुका किसानहरूले धानमा मल प्रयोग गर्न पाएका छैनन्। धानका लागि आवश्यक पर्ने युरिया र डिएपी मल अभाव हुँदा धेरै किसान हायलकायल बनेका छन्।

गत वर्ष मल अभाव भएको बेला सीमावर्ती भारतीय बजारबाट ल्याउने गरेका थिए। यस पटक लकडाउनका कारण सीमा बन्द हुँदा भारतीय मल समेत ल्याउन नपाएपछि कृषकलाई थप समस्या भएको छ। ‘मल नहुँदा धानको गाँज राम्रोसँग लागेको छैन। बोट हरियो भई हुर्किन पर्ने हो भएको छैन,’ वाणगंगा नगरपालिका–५ का किसान ईन्द्रेश थारुले भने, ‘डेढ बिघामा लगाएको धान खेतीमा मल नहुँदा असर गरेको छ।’ ९७ प्रतिशत खेतीमा मल पुग्दैन ।

कपिलवस्तुमा धानबालीको सिजनमा मात्र करिब आठ हजार टन युरिया र ६ हजार टन डिएपी आवश्यक पर्छ। तर, यस पटकको सिजनमा २४० टन युरिया र २०० टन डिएपी मल आएको छ। जसका कारण ९७ प्रतिशत धान खेती मल विहीन हुन पुगेको छ।

\कृषि सामग्री संस्थान बहादुरगन्ज डिपोका प्रमुख ताराप्रसाद खनालका अनुसार अहिले गोदाममा युरिया १० टन, डिएपी ३६ टन र पोटास २२ टन स्टक रहेको छ। तीन हजार टन युरिया, दुई हजार टन डिएपी र १०० टन पोटास आवश्यक पर्छ। लकडाउनपछि १०० टन युरिया र १०० टन डिएपी आएको खनालले बताए।

चालु आर्थिक वर्षमा एक हजार ७०० टन युरिया, ९०० टन डिएपी र ५० टन पोटास आएको छ। प्रमुख खनालका अनुसार करिब तीन सातासम्म मल आउने सम्भावना छैन। जिल्ला सदरमुकाम तौलिहवामा रहेको कृषि सामग्री संस्थानको डिपोमा पनि मल थोरै स्टक छ।

मल अभाव भएपछि एउटा सहकारीलाई युरिया दुई बोरा, डिएपी १६ बोरा , पोटास र कृषि चुन स्टक रहेसम्म मागअनुसार वितरण गरेको छ। गोदाममा १४० टन डिएपी थियो शुक्रवारदेखि बाँढ्न सुरु गरिएको थियो। अहिले ७० टन डिएपी र ६ टन युरिया स्टक रहेको छ। यहाँ धानको एक सिजनमा पाँच हजार मेट्रिक टन युरिया र चार हजार मेट्रिक टन डिएपी आवश्यक पर्दछ।


प्रकाशित : २०७७ असार ३१, बुधबार ७:५१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
  • महोत्सव तयारीबारे पत्रकार सम्मेलन , बाणगंगामा एउटै साझा महोत्सव बनाउन पत्रकारहरूको जोड
प्रतिक्रिया

यो पनि पढौँ

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

बाणगङ्गाका नयाँ प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले जिम्मेवारी

मनिषा खनालको अभिनयमा ‘ए म त परदेशी’ सार्वजनिक, दसैँमा घर सम्झिने परदेशी नेपालीको भावनात्मक कथा (भिडियोसहित)

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कपिलवस्तुलाई ‘उत्कृष्ट जिल्ला नेतृत्व–२०८३’ बाट सम्मान

प्रधानसेनापति सिग्देलले गरे बेलायती सेनाका प्रमुखसँग भेट

मुगुमा पहिरोले बोलेरो जीप पुरियो, मानवीय क्षति भएन

पशुपति मन्दिर प्रवेशको भिडियो प्रकरणमा दम्पती पक्राउ

नेपाली सेनाका ३२ जिल्लाका ब्यारेकमा अब डीडीसीका दुग्धजन्य पदार्थ

३५ वर्षमुनिको कोटामा गौरव भण्डारीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

एमालेले बोलायो स्थायी कमिटी, वरिष्ठ नेताका रुपमा विद्या भण्डारी सहभागी हुँदै

देशभर एउटै ग्यास सिलिन्डर लागू गर्ने सरकारको तयारी

भर्खरै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

  • परदेशको दशैं : परिवारको याद, मनभरि पीडा र आँखाभरि आशा 


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech