लुदअ कपिलवस्तु, साउन ३
लायन्स क्लब अफ कपिलवस्तुको तेस्रो पदस्थापन कार्यक्रम गरिएको छ । क्लबको आयोजनामा शनिवार मायादेवी रिसोर्ट वैरियामा कार्यक्रमका विच वर्ष २०१९।२० का पदाधिकारीहरुबाट वर्ष २०२०।२१ का पदाधिकारीहरु समक्ष जिम्मेवारी हस्तान्तरण भएको लायन्स क्लब अफ कपिलवस्तुले जनाएको छ ।
सोहि अवसरमा लायन्स क्लब अफ कपिलवस्तु दिदि बहिनी समेत गठन भएको छ । मानवीय सेवाका कर्ममा महिलाहरुलाई पनि सक्रियता पूर्वक सरिक हुने अवसर प्रदान गर्नका लागि दिदि बहिनी क्लब गठन भएको लायन्स क्लब अफ कपिलवस्तुका वर्ष २०२०।२१ का नवनियुक्त अध्यक्ष सुरेन्द्र घिमिरेले जानकारी दिए । लक्ष्मी गैह्रेको अध्यक्षतामा दिदि बहिनी क्लब गठन भएको हो ।
वर्ष २०१९।२० का अध्यक्ष कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रम डिस्ट्रीक गर्भनर सम्भु नकर्मीको प्रमुख आतिथ्यता, संस्थापक अध्यक्ष कृष्ण केसि, वाणगंगा नगरपालिकाको कार्यालय वडा नम्बर १ का अध्यक्ष बाल कुमारी अधिकारी, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य भट्टराई लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
साथै सोहि अवसरमा लायन धातानन्द भुषालले यस अघि बाल माविमा स्थापना गरेको ७७ हजार ७ सय ७७ रुपैयाँको अक्षय कोषलाई वृद्धि गरि १ लाख ०७ हजार ७ सय ७७ रुपैयाँको पु¥याएर बाल मावि वैरियाका गरिब जेहेन्दार तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट अंक प्राप्त गरेका १० जना विद्यार्थीलाई छात्रवृति वितरण गरिएको थियो ।
कार्यक्रममा नयाँ कार्यसमितिले आगामी कार्यकालका लागि एम्बुलेन्स खरीद गर्ने, कपिलधाममा जारी लायन्स पार्क निर्माण कार्यलाई पूरा गर्ने, मधुमेह रोग परिक्षण शिविर सञ्चालन गर्ने, लायनहरुको जन्मोत्सव विशेष कार्यक्रम सञ्चालन गर्ने, आँखा दान लगायतका कार्यक्रम सञ्चालन गर्ने मानव सेवा भावका कार्यक्रमहरु सञ्चालन गर्ने योजनाहरु प्रस्तुत गरेको छ ।