थप १ सय ५० जनामा कोरोना सङ्क्रमण, ६ सय ९ जना निको

ByLumbini Darpan Online

६ श्रावण २०७७, मंगलवार १७:४८ ६ श्रावण २०७७, मंगलवार १७:४८ ६ श्रावण २०७७, मंगलवार १७:४८

लुदअ साउन ६, काठमाण्डौ
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १७ हजार नौ सय ९४ जना पुगेको छ । मङ्गलबार एक सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १७ हजार नौ सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ६ सय नौ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या १२ हजार चार सय ७७ पुगेको छ । यो कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत हो ।

नेपालमा अहिले पाँच हजार चार सय ७७ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै २१ हजार सात सय चार जना मानिस विभिन्न ठाउँका क्वरेण्टीनमा रहेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *