लुदअ कपिलवस्तु, साउन ६
रुपन्देहीमा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । कञ्चन ५ भैंसाही निवासी २४ वर्षका रोहित चौधरीलाई माछा मार्ने क्रममा मंगलबार बिहान खोलाले बगाएको थियो ।
माछा मार्ने क्रममा खोलाले बगाएका चौधरीको शव दिउासो १२ बजे वाणगंगा नगरपालिका १० जयपुर कोठी खोलामा फेला परेको फेदवा चौकी पटनाका इन्चार्ज शमशेर गैरेले जानकारी दिए ।