जन्मदिनमा १ सय बढी वृक्षारोपण

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

लुदस, कोपवा

कपिलवस्तुको बाणगंगा ६ का एक युवाले जन्मदिनमा उदाहरणिय काम गरेका छन् ।

सुठौलीका युवा रविन बेल्वासेले जन्मदिनमा वृक्षारोपण गरेका हुन् । उनले जिल्ला बन कार्यालयको सहयोगमा जन्मदिनको अवसर पारेर विहिवार १ सय बढी विरुवा रोपेका हुन् ।

वडा ६ स्थित नदि तटिय क्षेत्र खेल मैदान वरपर र सड्क किनारमा पिपल, सिमल, सफेदा, सिसौ, असोक, अर्जुन, सतिषसाल, लगाएतका विरुवा रोपेका हुन् ।

यस अगाडी पनी विभिन्न सामाजिक कार्यमा सक्रिय उनि जन्मदिनमा सामाजिक क्षेत्रमा युवाहरुले परिवर्तनशिल काम गर्नुपर्ने र फजुल खर्च नगरेर दिन दु.खि र असाहयको सहयोगमा लगाएर सदुपयोग गर्नुको साथै सामाजिक रुपान्तरण र शशक्तिकरणमा लाग्नुपर्ने बताए ।

उनले वृक्षारोपणका लागि १५ किलोमिटर टाढा सदरमुकाम तौलिहवा पुगेर वन कार्यालयबाट विरुवा ल्याएका हुन् ।

उनि लुम्बिनी दर्पणका स्तम्भकार समेत हुन् ।


प्रकाशित : २०७७ श्रावण ८, बिहीबार १५:२०