प्रदेश नं ५  सरकारका प्रमुख सचिव ज्ञवालीद्धारा बोलबमधाम क्षेत्रको अवलोकन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

 

थानेश्वर अधिकारी,लक्ष्मणघाट ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वार्ड नं ६ मा रहेको धार्मिक तथा ऐतिहासिक तिर्थ स्थल लक्ष्मणघाटमा बोलबमधामको आज प्रदेश नं ५ का प्रमुख सचिव तोयनारायण ज्ञवालीले अवलोकन गरेका छन् । बोलबमधाममा निर्माण गरिएको शिवमन्दिर, राम मन्दिर, मनकामना मन्दिर, सुपादेउराली मन्दिर, हनुमान मन्दिर ,शिव मुर्ति, १०८ शिवलिङ्ग, लक्ष्मणपार्क लगायतका क्षेत्रको अवलोकन गरेका छन् ।

अवलोकन टोलीमा नवलपरासी प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, रुपन्देही प्रमुख जिल्ला अधिकारी महादेव पन्त बाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख उप सचिव बाबुराम भट्टराई प्रशासन शाखा प्रमुख केशव भट्टराई, बाणगंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष सुकदेव थारु वडा नं २ का वडाध्यक्ष तथा नगर प्रवक्ता विष्णु पौडेल लगायतले अनुगमन गरेको बोलबमधाम विकास समितिका अध्यक्ष रन बहादुर काउचाले बताएका छन् । साथै सो टोलीले आज नै बाणगंगा नगरपालिका अन्तर्गतका पर्यटकीय स्थलहरु लक्ष्मणघाट, खारखानी, कपिलधाम, मधुवन धाम, र मनकामना संस्कृत विध्यापिठहरुको अवलोकन गरेका छन् ।

यसै क्रममा बोलबमधाम विकास समितिका सचिव प्रकाश भुसालले बोलबमधामको महत्व र त्यहाँ भएका विकासको बारेमा जानकारी गराएका छन् । सोही अवसरमा बोलमबधाम मन्दिरका पुजारी ढुण्डिराज खनालले टिका अर्पण र फुलमालाले  स्वागत गरेको लक्ष्मण सामाजिक विकास केन्द्रका कोषाध्यक्ष सन्दिप न्यौपाने जानकारी दिएका छन् ।

आजको सो कार्यक्रममा बोलबमधाम विकास समितिका अध्यक्ष रन बहादुर काउचा, सचिव प्रकाश भुसाल, उपाध्यक्ष सत्यनारायण थारु,, कोषाध्यक्ष तुल्सी थापा, सदस्य गोविन्द पौडेल, ओम बहादुर केसी, बाबुराम बस्नेत, इन्द्र बहादुर खत्री लक्ष्मणघाट सामुदायिक बनका अध्यक्ष हुमनाथ भट्टराइ, लक्ष्मणघाट सामाजिक विकास केन्द्रकी सह सचिव सरिता थारु,कोषाध्यक्ष सन्दिप न्यौपाने, सदस्य अन्जित खनाल, भोजराज बञ्जाडे, सागर पौडेल,बलजित भट्टराई, हेमन्त पाण्डे, जिवन काउचा, दिपक बेल्वासे,मिना आले काउचा, खड्क बहादुर थापा, ,भुमिदत्त भट्टराई र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको लक्ष्मणघाट सामाजिक विकास केन्द्रका सदस्य भोजराज बञ्जाडेले जानकारी दिएका छन् ।


प्रकाशित : २०७७ श्रावण १०, शनिबार १३:१४