कपिलवस्तु ट्राफिकद्वारा नियम विपरीत गाडी चलाउनेलाई कारवाही

[sharethis-inline-buttons]

अजय मिश्र कपिलवस्तु, साउन, १०
जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले चेक जाँचका क्रममा १२ वटा भारतीय मालवाहक ट्रक नियन्त्रण मा लिई कानुन अनुसार आवश्यक कारवाही गरेको छ ।

सवारी साधन चेकिंङ गर्ने क्रममा तोकिएको भार भन्दा वढी वजन राखेको र साथमा कागज पत्र नलिई हिडेको सवारी साधन लाई नियन्त्रणमा लि कानुन अनुसार तत्काल जरिवाना गरि, भार कम गरि पठाइने जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तु ले जनाएको छ ।

कोरोना भाइरस का कारण चेक जाँचमा कमि आएको र लकडाउन खुले पछि पुनः चेक जाच गर्दा मालवाहक ओभर लोड र साथमा आवस्यक कागजात नलिएको हुदाँ प्रचलित कानुन अनुसार कार्वाही गरिएको जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।


प्रकाशित : २०७७ श्रावण १०, शनिबार १५:४६