एलाइन्सको आयोजनामा अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस मनाइयो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

थानेश्वर अधिकारी, ४ न. ।

मानव अधिकार एलाइन्स जिल्ला शाखा कपिलवस्तुको आयोजनामा आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा सरोकारवाला बिचको अन्तर संवाद कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रमा सम्पन्न भएको छ ।
आए.एम.नेपाल ,सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोग तथा ईलाका प्रहरी कार्यालय कपिलवस्तुको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा मानव बेचबिखनको अवस्था, समस्या, चुनौती र न्युनकरणका उपायका बिषयमा मानव अधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेले प्रस्तुतीकरण गरेका छन् । बर्तमान समयमा आत्महत्याको स्थिती र सरोकारवालाको भुमिका बिषयमा ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी सहायक निरिक्षक प्रेम बहादुर कठायत र मानव अधिकार, संवैधानिक हक र हाम्रो भुमिका बिषयमा मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोमनारायण पौडेलको प्रस्तुतीकरण रहेको थियो । प्रस्तुत गरिएको बिषयबस्तु माथी राष्ट्रिय जनमोर्चाका कपिलवस्तुका अध्यक्ष दधिराम आचार्य,सिद्धार्थ क्याम्पसका प्रध्यापक गोविन्द खनाल,मानव अधिकार एलाइन्सकी केन्द्रिय सदस्य सुर्य कुमारी शाही ,महिला अधिकार मञ्चका केन्द्रिय सल्लाहकार चेतना अधिकारी,इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य लगायतले जिज्ञासा तथा सुझाव राखेका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले शिक्षित ब्यक्तिबाटै विभिन्न घटना हुने गरेको भन्दै चेतनाको स्तर बढाउनुपर्ने साथै मानिसमा नैतिकता हराउँदै गएकाले समाजमा विभिन्न किसिमका हिंसात्मक घटना बढेको र पछिल्लो समय परिवर्तनका नाममा अराजकता र स्वतन्त्रताको नाममा छाडातन्त्र हावी भएको भन्दै यसलाई नियन्त्रण गर्न ब्यक्ति स्वयम सचेत बन्नुपर्ने घिमिरेको भनाइ रहेको छ ।

कार्यक्रममा बोल्दै मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष पोमनारायण पौडेलले कपिलवस्तु मानव अधिकार हननको अग्र स्थानमा रहेको भन्दै यसलाई न्यूनिकरण गर्न सबै मिलेर लाग्नुपर्ने बताउँदै विभिन्न प्रकारका हिंसा कानुनले मात्र नियन्त्रण नहुने भन्दै अब नैतिक शिक्षाको आवश्यकक्ता रहेको बताएका छन्।

नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रेलले समाजमा रहेका केही मान्यगन्य ब्यक्तिनै आर्थिक प्रलोभनमा परी अपराधिक कृयाकलापमा संलग्न भएको बताउदै कपिलवस्तुमा लागुपद्धार्थ दुव्र्यसनी प्रमुख समस्या भएको भन्दै यसलाई निमूल पार्न चेतना बढाउनुपर्ने साथै विभिन्न प्रकारका अपराधिक कृयाकलापमा संलग्न आफ्नै पार्टीका कार्यकर्ता वा जो कोही भएपनि उनीहरुलाई राजनैतिक रुपले संरक्षण नगर्ने भन्दै त्यस्ता ब्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने पोख्रेलको दावी रहेको छ । अब नेपाली जनताको ध्यान न्यायमूर्ती तर्फ हुनुपर्ने र सरकारले एकल महिला लगायत विभिन्न शिर्षकका भत्ता कटौती भएकोबारे आफुहरुले सरकारको ध्यानाकर्षण गराएको भन्दै गलत कदममा सधै खबरदारी गर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक नारायण खनालले संविधानमा अधिकार मात्र भएर नहुने भन्दै कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो । मुलुक संघीयतामा गइसके पछि पनि ब्यक्तिको ब्यवहार शैली परिवर्तन हुन नसक्दा समस्या भएको बताए ।

मायादेवी गाउँपालिकाकी उपाध्यक्ष गीता तिवारीले पछिल्लो समय सामाजिक संजालले पनि विभिन्न किसिमका विकृतीहरु निम्त्याएको र मानिस आधुनिकताको नाममा अराजकता तर्फ गएको भन्दै यस तर्फ समयमै सचेत हुनुपर्ने बताएकी छन् ।

यस्तै नेपाली कांग्रेसकी प्रतिनिधी गुणलक्ष्मी ज्ञवालीले मानव बेचविखनका घटनाहरु बढीरहेकाले ब्यक्ति स्वयम सचेत बन्नुपर्ने बताएकी छन् ।
कार्यक्रममा बोल्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले संस्थाले अधिकारमुखी अवधारणा अनुसार काम गरिरहेको र स्थानिय तह , प्रदेश सरकार र बिभिन्न विकास साझेदार संस्थाहरुसँग समन्वय गरेर कोभिड १९ को बेला पनी बिभिन्न जिल्लाहरुमा राहत र स्वास्थ्य सामाग्रीहरु बितरण गरेको बताएका छन् । संस्थाले शिक्षा, स्वास्थ्य,क्षमता विकास र अधिकारका क्षेत्रमा काम गर्दे आइरहेको हुनाले आगामी दिनमा पनी बिभिन्न बिषयबस्तुको छलफल, अन्र्तक्रिया र संवाद जस्ता कार्यक्रम संचालन गर्न संस्थाले समन्वयकारी भुमिका खेल्ने बताएका छन् ।

कार्यक्रममा मानवअधिकारर्मी, विभिन्न राजनैतिक दलका प्रतिनीधी, समाजसेवी, शिक्षक लगाएतको उपस्थिती रहेको थियो । मानव अधिकार एलाइन्स कपिलवस्तुका अध्यक्ष रोमकान्त घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन एलाइन्स कपिलवस्तुका सचिव थानेश्वर अधिकारीले गरेका थिए ।


प्रकाशित : २०७७ श्रावण १५, बिहीबार १५:०६