गौतम बुद्ध साझेदारी वनद्वारा विरुवा वितरण सुरु

[sharethis-inline-buttons]

लुदअ विजयनगर, श्रावण १५
कपिलवस्तुको विजयनगर गाउँपालिकाको गौतम बुद्ध साझेदारी बन व्यवस्थापन समिति उज्ज्वलपुरले विरुवा वितरण सुरु गरेको छ । साझेदारी बनले विहिवारबाट विभिन्न जातका विरुवाहरु वितरण गर्न लागेको हो ।

साझेदारी बनले आफै उत्पादन गरी झन्डै १ लाख ४० हजार विरुवा निःशुल्क रुपमा वितरण कार्य सुरु गर्न लागेको छ । उक्त विरुवाहरु विजयनगर र कृष्णनगर पालिका जनताहरुले प्रत्यक्ष रुपमा साझेदारी बनबाट लाभ लिएका छन् ।

सगवन र टिक लगायत विभिन्न जातका विरुवाहरु वितरण कार्य भइरहेको साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादवले जानकारी दिए । यसरी सहज रुपमै साझेदारी बनले उपभोक्ताहरुलाई उपलब्ध गराएकोले विरुवा प्राप्त गर्दा लाभग्राहीले खुसी व्यक्त गरेका छन् ।


प्रकाशित : २०७७ श्रावण १५, बिहीबार १५:५८