राष्ट्रीय मदरसा संघ नेपालद्धारा बकर ईदको शुभकामना व्यक्त

लुदअ कृष्णनगर, साउन १६
मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद०)नेपालमा साउन १७ गते आउने शनिवारका दिन मनाइने भएको छ । राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर बरेलवी र प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली लगायत ले मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) को शुभ अवसरमा स्वादेश तथा विदेश मा रहेका सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा ९बकर ईद० को हार्दिक शुभकामना व्यक्त गरेका छन्।

यो पर्व हजरते इब्राहिम अलैहिस्सलाम को सम्झना मा मनाइने गरिन्छ। हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकार ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार सोसल डिस्टेंस को पालना गरि पर्व मनाउन प्रदेश नं ५ मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले आग्रह गरेका छन्।

हरेक बर्ष मुस्लिम धर्म मान्ने करिब बीस लाख मानिस विश्व का विभिन्न देशबाट हज गर्न साउदी अरब पुग्ने अनुमान रहेको तर यो बर्ष कोरोना भाइरसको महामारी ले गर्दा दश हजार जनाले मात्र हज गर्ने जसमध्ये तीस प्रतिशत साउदी नागरिक र सत्तरी प्रतिशत विश्व भरी बाट उपस्थित हुने देखिन्छ । कोरोना भाइरस महामारी का कारण स्वास्थ्य संबंधी मापदंड को पाल्ना गर्दै हज गर्नु पर्ने व्यवस्था साउदी सरकार ले गरेको कुरा स्वास्थ्य का दृष्टिकोण ले प्रशंसनीय रहेको राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले बताए ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *