लियो क्लव अफ कपिलवस्तद्धारा वाणगंगाका मृगौला पिडितलाई ७० हजार बढी सहयोग

ByLumbini Darpan Online

१७ श्रावण २०७७, शनिबार ०६:४० १७ श्रावण २०७७, शनिबार ०६:४० १७ श्रावण २०७७, शनिबार ०६:४०

लुदअ कपिलवस्तु, साउन १७

लियो क्लव अफ कपिलवस्तुले वाणगंगा ४ का मृगौला पिडित हरि न्यौपानेलाई उपचारार्थ सहयोग रकम हस्तान्त्रण गरेको छ । क्लवको तेस्रो अधिवेशनमा आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएका मृगौला पिडित न्यौपानेलाई रु ७० हजार १ सय को चेक उनकी बहिनी कृष्टिलाई हस्तान्त्रण गरिएको हो ।

उनको उपचारका लागि आगामि दिनमा पनि निरन्तर रुपमा सहयोग गर्ने क्लवका अध्यक्ष मदन पौडेलले प्रतिवद्धता जनाएका छन् । त्यस्तै उपचारार्थ रकम सहयोग गरेकोमा क्लवलाई न्यौपाने परिवारले धन्यवाद दिंदै खुसी व्यक्त गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?