मास्क नलगाई हिड्ने यात्रुहरु माथी प्रहरीको अप्रेसन ।।

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

ओम प्रकाश पौडेल । १७ श्रावण,कपिलवस्तु ।
कोभिड १९ अर्थात कोरोना संंक्रमणको दरलाई नियन्त्रणका लागि कपिलवस्तु प्रहरीले सक्रियता देखाएको छ । जिल्लाका विभिन्न क्षेत्रमा रहेका प्रहरी कार्यालयहरु मार्फत सार्वजनिक स्थानमा आवत जावत गर्ने सर्वसाधारणहरुमा मास्क लगाउन अनिवार्य गरेर प्रहरीले आफ्नो थप क्रियाशिलता पुष्टि गरेको हो ।

विना कारण घर बाहिर निस्कने, भिडाभाड गर्ने, सेनेटाइजर तथा मास्कको उचित प्रयोग नगर्नेृहरु माथी निगरानी बढाई कारवाही प्रकृया अगाडी बडाएर प्रहरीले कोरोना नियन्त्रणमा भुमिका निर्वाहा गरि रहेको प्रहरीको भनाई छ ।
शनिवार मात्रै्र इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुले ३ सय जना मास्क नलगाई सार्वजनिक स्थानमा आवत जावत गर्ने बटुवाहरुलाई अब आइन्दा मास्क नलगाई नहिड्ने सर्तमा सम्झाई बुझाई गरेको र २१ जनालाई जनही १ सय रुपैयाँका दरले जरिवान गरिएको प्रहरी निरिक्षक आयुष प्रसाद जोशीले जानकारी दिनुभयो ।

वाणगंगा नगरपालिका वडा नम्बर २ लखनचोक र वाणगंगा ८ मा गरिएको परिक्षणका क्रममा सो संख्यामा बटुवाहरु माथी कारवाही गरिएको हो । महामारी बढ्दै गएकोले सोहि तरिकाले जिल्लाका अन्य क्षेत्रमा पनि प्रहरी खटिएर कोरोना संक्रमण नियन्त्रणमा भूमिका खेलिरहेको जिल्ला प्रहरी प्रमुख नवराज अधिकारीको भनाई छ ।


प्रकाशित : २०७७ श्रावण १७, शनिबार ११:५९