नवप्रभात युवा क्लवद्धारा वाणगंगाका मृगौला र क्यान्सर पिडितलाई आर्थिक सहयोग

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, साउन १७
विभिन्न युवा लक्षित तथा सामाजिक कार्य गर्दै आएको नवप्रभात युवा क्लव वाणगंगा ४ ठाकुरापुरले वाणगंगा ४ का मृगौला पिडित र ब्लड क्यान्सर पिडितलाई उपचारार्थ आर्थिक सहयोग गरेको छ ।

वाणगंगा ४ का मृगौला पिडित हरि न्यौपानेलाई रु १७ हजार १ सय र सोहि वडाका ब्लड क्यान्सर पिडित बिष्णु हरि पोख्रेललाई १५ हजार गरी जम्मा ३२ हजार १ सय हस्तान्त्रण गरिएको क्लवका अध्यक्ष मिलन चालीसेले जानकारी दिएका छन् ।

अध्यक्ष चालीसेले उनीहरुको आर्थिक अवस्था अत्यन्तै दयनिय रहेकाले उक्त उपचारार्थ रकम प्रदान गरिएको बताए । क्लवले विगतका दिनमा यस्ता सामाजिक कार्य गर्दै आएको र आगामि दिनहरुमा पनि गरिव, दुखी तथा साहारा विहिनहरुको साहारा बन्ने प्रतिवद्धता व्यक्त गरे ।

दुवैको उपचारका लागि आगामि दिनमा पनि निरन्तर रुपमा सहयोग गर्ने क्लवका सदस्य नेत्र बहादुर बादीले बताए ।

त्यस्तै उपचारार्थ रकम सहयोग गरेकोमा क्लवलाई दुवै परिवारले धन्यवाद दिंदै खुसी व्यक्त गरेका थिए ।


प्रकाशित : २०७७ श्रावण १७, शनिबार १६:०१