
लुदअ कपिलवस्तु, साउन २०
कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ८ सय नाघेको छ । सोमवार थप दुई जना कोरोना संक्रमित थप भएपछि संक्रमितको संख्या ८ सय १ पुगेको हो । जनस्वास्थ्य कार्यालयका अनुसार कपिलस्तु् नगरपालिकामा एक पुरुष र बाणगंगा नगरपालिकामा एक जना महिला संक्रमित थपिएका हुन् । कपिलवस्तु नगरपालिकामा भेटिका संक्रमित ३० बर्षिय पुरुष रहेका छन् । घाटी दुख्ने ज्वरो आउने लगायतका लक्षण देखिए पछि उनलाई आईतवार प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।
यस्तै जिल्लाको बाणगंगा नगरपालिका– ९मा ४५ बर्षिया महिला कोरोना संक्रमित भएको पुष्टि भएको हो । भारतबाट आएकी उनका भने कारोनाको लक्षण नेखिएको स्वास्थ्य कार्यालय कपिलस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । ८ सय १ संक्रमित मध्ये ५ सय ४८ जना निको भई घर फर्कि सकेका छन् । जिल्लामा हाल सम्म ९ हजार ४२८ स्वाब संकलन भएको छ । जसमध्ये ७ सय १२ जनाको नतिजा आउन बाँकी रहेको जन स्वास्थ कार्यालय कपिलवस्तुले जनाएको छ ।