
लुदअ कपिलवस्तु, साउन २१
कपिलवस्तुमा थप ५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।जिल्लाको कृष्णनगर नगरपालिकाबाट कुल १३३ नमुना संकलन मध्ये ५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।समुदायबाट संकलन गरिएको सबै नमुना लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परिक्षण भएको हो ।
जस अनुसार कृष्णनगर नगरपालिका वाड न २ बर्ष २१ र २५ पुरुष २, वाड न ८ का बर्ष १२ का पुरुष १ र ६ बर्षको १ बालिका र वाड न ११ का बर्ष ४० का पुरुष १ रहेका छन् । यस सगै कपिलवस्तु जिल्लामा सन्क्रमितको संख्या ८०६ पुगेको छ ।बाँकी ९ जनाको रिपोर्ट आउन बाँकी छ ।

