
लुदअ कपिलबस्तु, साउन २३
जिल्लामा ९ जना बैंकका कर्मचारी सहित २१ जनामा कोरोना पोजेटिभ भेटिएका छन् । यो संगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ८ सय ४० पुगेको छ । जो कपिलबस्तु नगरपालिकाका २० जना र मायादेवी गाँउपालिकाका १ जना रहेका छन् ।
संक्रमित ग्लोबल आइ एम इ बैंकका ३ जना महिला, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका ४ जना पुरुष, मेगा बैंकका १ जना पुरुष र कृषि विकास बैंकका १ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । ती सबै बैंकहरु सिल गरिएका छन् । मंगलार ३, बुधवार ४ तथा बिहीवार नौ जना बैकका कर्मचारीहरु सक्रमित पुष्टी भएका हुन ।
त्यस्तै कालिका स्वाबलम्बन सामाजिक केन्द्रका २ महिला, १ पुरुष, शिक्षक २ जना, स्वास्थ्य कर्मी २ जना, मेडिकल पोलिक्लिनिबाट २ जना, सुरक्षाकर्मी १ जना र अन्य बजार क्षेत्रबाट २ जना रहेको उनले बताए । समुदायस्तरमा कोरोना संक्रमणको अवस्था थाहा लगाउन नमुना परीक्षणका लागि स्वाब संकलन गर्दा बैंकका कर्मचारी लगायत अन्यमा संक्रमण देखिएको हो ।
सदरमुकाम तौलिहवाका एनआईसी, प्रभु र एभरेष्ट बैंकका कर्मचारीमा गरिएको नमुना परीक्षणको रिपोर्ट अझै आएको छैन । यस अघि ढेड महिना अघि राष्ट्रिय बाणिज्य बैक तौलिहवा शाखाका म्यानेजर कोरोना संक्रमित भएका थिए ।सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
कपिलबस्तुमा बिहिबारसम्म कोरोना संक्रमितको संख्या ८ सय ४० पुगेको छ । जमध्ये ७ सय ५५ जना निको भई घर फर्किसकेका छन् । उता समुदायस्तरमा ४ सय ५० नुमुना संकलन गरिएकोमा हाल सम्म ३६ जना सक्रमित भेटिएका छन ।

