लकडाउनमा गरिव विपन्नका घरघरमा पुगेर राहत वितरण गर्दै वडाअध्यक्ष गिरी

[sharethis-inline-buttons]

हरि आचार्य कपिलवस्तु, चैत १६
कोराना भार्ईरस (कोभिड १९) को संक्रमण विश्व महामारीको रुपमा फैलिरहेको अवस्थामा सरकारले लकडाउन घोषणा गरे संगै सामान्य घर परिवारलाई आर्थिक संकटले सताउन सुरु गरेको छ । सोहि विषम परिस्थितीलाई मध्यनजर गर्दै कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नंं. ७ को वडा कार्यालयले गरिव, विपन्न तथा दैनिक मजदुरी गरी साँझ विहानको छाक टार्ने घरपरिवारहरुको घाउमा मलम लगाएको छ ।

वडाले विभिन्न संघ संस्था तथा व्यक्तिहरुसंग समन्वय गरि गरिव, विपन्न तथा दैनिक मजदुरी गरी साँझ विहानको छाक टार्ने मोतिपुरडाँडा, धैरेनी डाँडा, कोईलि बनगाईका ५० घरपरिवारलाई राहत वितरण गरेको छ । उनीहरुको घरमै पुगेर प्रत्येक घरपरिवारलाई ५/५ किलो चामल, १/१ किलो दाल, १/१ किलो नुन र १/१ किलो बन्दा प्रदान गरिएको वडाअध्यक्ष विष्णु गिरीले जानकारी दिएका छन् । त्यस्तै घेरवा बनगाई र मोतिपुरमा भोलि सोमवार वितरण गरिने उनले बताए । उनले यो विषम पस्थितीमा आर्थिक समस्याले कोहि पनि वडावासी भोकै बस्न नपरोस भन्ने उद्देश्यले राहत वितरण गरिएको बताएका छन् ।

प्रत्येक टोल विकास संस्थाले विपन्न, गरिव परिवारहरुको विवरण संकलन गरि वडामा बुझाएका थिए सोहि आधामा नामावली छनौट गरि निरन्तर रुपमा राहत वितरण गरिने वडाकार्यालयले जनाएको छ । लकडाउनको अवस्थामा वडाले गरिव तथा विपन्न वर्गहरुको घाउमा मलम लगाएको छ । त्यस्तै वडाले कोरोना भाईरसको विपत्ति मुलुकमै नआवोस भन्दै सचेत गराउदै वडाले विभिन्न देशहरुमा वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राख्नका लागि विवरण संकलन गर्ने कार्य गरिरहेको छ ।

 


प्रकाशित : २०७६ चैत्र १६, आईतवार १२:५८